Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सीमा सुरक्षाबारे सर्वोच्चको फैसला


२९, भदौ २०८०
  • 241
    SHARES
  • सीमा सुरक्षाबारे सर्वोच्चको फैसला

    काठमाडौँ । सर्वोच्च अदालतले दुईवर्ष अघिको नेपाल–भारत सीमा क्षेत्र नियमन गर्ने सम्बन्धी एउटा रिटको आदेशमा नेपालको सीमाको रक्षा गर्ने कार्य नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहनुपर्ने आदेश जारी गरेको छ । दुई वर्षअघि फैसला भएको रिटमा सर्वोच्चले पूर्णपाठ प्रकाशित गर्दै सो आदेश जारी गरेको हो । 

    नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७२ मा वन क्षेत्रको सर्वेक्षण, नापनक्सा, सीमा निर्धारण लगायत राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र जस्ता क्षेत्रहरुको संरक्षण, सम्बर्द्धन, विकास, समन्वय र व्यवस्थापन सम्बन्धी कार्य वन तथा भू–संरक्षण मन्त्रालयको क्षेत्राधिकारभित्र पर्दछन् । तर देशको जनताको जिउधनको सुरक्षा, सीमा मिचान, सीमा व्यवस्थापन लगायतका कार्यहरु वन मन्त्रालयको नपर्ने भएकाले गृहमन्त्रालयले नियमन गर्न आदेश दिएको हो । 

    अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीसमेतले हालेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतलाई दिइएको परमादेश ०७३ लाईसमेत उल्लेख गरेर सो पूर्ण पाठ जारी गरिएको हो । 

    वन मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने नदेखिएको हुँदा यस मन्त्रालयलाई विपक्षी बनाइ दायर गरिएको प्रस्तुत रिट निवेदन खारेजभागी हुँदा खारेज गरी पाउँ भन्नेसमेत बेहोराको वन तथा भू–संरक्षण मन्त्रालयको तर्फबाट पेश गरेको लिखित जवाफलाई पनि ध्यान दिँदै आदेशमा भनिएको छ, ‘नेपाल–भारत बीच खुला सीमाना व्यवस्थापन तथा नियमन सम्बन्धमा सन्धि सम्झौताको पुनरावलोकन गर्ने कार्यमा नेपाल सरकारले पहल गर्न तथा नेपाली जनताको जीउधनको सुरक्षा र सीमा मिचाईको कार्य रोक्न, नेपाल भारत सीमा वारपार गर्ने सतह मार्गका यात्रुसमेतका लागि हवाई मार्गका यात्रुका लागि लागू गरी प्रचलनमा आए जस्तै गरी नियमन सीमा व्यवस्था अन्तर्गत सीमा नाकामा रहेको अध्यागमन कार्यालयमा परिचयपत्र देखाई त्यसको अभिलेख राखी सीमा वारपार गर्ने कार्यसमेत नेपाल सरकारले हालसम्म प्रभावकारी रुपमा गरेको देखिँदैन तसर्थ यी सबै कार्य गर्न गराउन हुन परमादेश जारी गरिएको छ ।

    रिट निवेदकले दाबी लिएको विषयका सम्बन्धमा नेपालको सीमाको रक्षा गर्ने कार्य नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको छ । नेपाल–भारत बीचको सीमा नापजाँच गरी स्पष्ट रुपमा सीमा निर्धारण गर्ने कार्यका लागि द्विपक्षीय संयन्त्रहरूको निर्माण गरी नियमित बैठक बस्ने र सीमा निर्धारण कार्यलाई थप व्यवस्थित गर्ने प्रयास हुँदै आएको छ । 

    माथिल्लो तहमा सीमा निर्धारण सम्बन्धी नीतिगत व्यवस्था र फिल्ड तहमा फिल्ड कार्य समूह परिचालन गरी सीमा स्तम्भको निर्माण, पुनर्स्थापना तथा मर्मत गर्नुका साथै दशगजालाई खाली गराउने कार्य गर्ने गरिएको छ । जस अनुसार हाल फिल्डमा ३ (तीन) वटा संयुक्त फिल्ड टोली खटिई सीमा स्तम्भको निर्माण पुनर्स्थापना, मर्मत सम्भार, दशगजा क्षेत्रको अभिलेखन गर्ने कार्य संयुक्त रुपमा चालु रहेको छ । 

    यसैगरी फैसलामा नेपाल र भारत बीच रहेको खुल्ला सीमाना व्यवस्थापन तथा नियमन हुन नसकेको उल्लेख छ । जसका कारण सीमा क्षेत्रमा विभिन्न खालका अवैध गतिविधि बढ्नुका साथै एक देशमा आपराधिक कार्य गरी अर्को देशमा लुक्ने र त्यस्ता अपराधिक गतिविधिलाई निरन्तरता दिने’ गरेको पाइएको पनि उल्लेख गरेको छ ।

    ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभीमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितसमेत सरकारको अहम् संवैधानिक दायित्व हो । नेपाल र भारतबीच खुल्ला सीमा व्यवस्था अपनाइनेछ भन्ने सम्बन्धमा कुनै सन्धि सम्झौता, लेखोट, पत्राचार लगायतमा उल्लेख भएको छैन’, सो आदेशमा भनिएको छ । 

     

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend