Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संघीयता भष्ट्राचारको अखडा भयो


११, जेठ २०८०
  • 174
    SHARES
  • संघीयता भष्ट्राचारको अखडा भयो

    नेपालमा पछिल्लो समय सुशासनको अवस्था निकै नै दयनीय छ । नेतृत्व तह नै ठूला ठूला भष्ट्रचारका काण्डमा मुछिदा चारैतिर सुशासनको नाममा अन्यौलता छाएकोले सबै क्षेत्र लथालिङ्ग छ । संघीयता आएसगैँ घर घरमा सिंहदरबारको अधिकार आउँछ भन्ने हल्ला त चलाईयो तर व्यवहारमा जनताले त्यसको महसुुस गर्न पाएको छैन । संघीयताको उपलब्धी बाइसे चौबिसे राज्यको अवधारणा जस्तै गरी धेरै राजाहरु गाउँगाउँमा जन्मिए । त्यसैले त्यसको रोकथामका लागी प्रदेश सरकारको औचित्य छैन ।

    वर्तमान परिप्रेक्ष्यमा संघीयता भ्रष्ट्राचारको अखडा र केही मान्छेलाई कमाई खाने भाँडो मात्र बनेको छ । भ्रष्ट्राचार गरेकालाई कारबाही गर्न नसक्दा सुशासनको बाधक नै नेतृत्व तह बनेको छ । भ्रष्ट्राचारीलाई कारबाही गरेको खण्डमा सुशासन कायम हुने सम्भावना छ । सुशासनको मुख्य बाधक भनेको भ्रष्ट्राचार हो । अहिले सबै क्षेत्रमा अनुशासन,लगनशीलता,जिम्मेवारी,जबाफदेहिता र पारदर्शिता छैन ।

    संघीयतामा भ्रष्ट्राचार निकै मौलाएको छ । देशलाई लुट्ने योजनामा राजनीतिक दलका नेता र कर्मचारीहरु नै नीतिगत भष्ट्रचार लिप्त छन् । जनताले  सुशासनको महसुस गर्न नसक्नु अत्यन्तै  पिडादायी कुरा हो । जनताले गणतन्त्रलाई परिवर्तन गर्नुपर्दछ । नेता र नेतृत्व परिवर्तन गर्नु पर्दछ । नेताहरू एकदमै भ्रष्ट भएको पाइएको छ ।

    बेथिति तिर उन्मुख छन् र सुशासनको अनुभूति हुन सक्ने अवस्था नै छैन । सरकार  स्थिर छैन प्रधानमन्त्री,सांसदहरू,वैधानिक निकायहरू,कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका र उच्चस्तरका पदाधिकारीहरू अपारदर्शी अनैतिकताको फोहोरमा डुबेका छन् । अब देशमा जनताबाट चुनिएको प्रत्यक्ष प्रधानमन्त्री हुने व्यवस्था  हुनुपर्दछ । संघीयता खारेज गर्नुपर्दछ ।

     धवलशमशेर राणा –महामन्त्री, राप्रपा


  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend