Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

"हुक्कास् एन एब्सर्ड ड्रिम" फिल्म हेर्न आउने दर्शकका लागी "वाच एण्ड वीन"अफर


११, जेठ २०८०
  • 207
    SHARES
  • "हुक्कास् एन एब्सर्ड ड्रिम" फिल्म हेर्न आउने दर्शकका लागी "वाच एण्ड वीन"अफर

    काठमाडौं । यही जेठ १२ गते  शुक्रबारबाट रिलिज हुने फिल्म "हुक्कास् एन एब्सर्ड ड्रिम" ले फिल्म हेर्न आउने दर्शकका लागी "वाच एण्ड वीन"अफर ल्याएको छ । फिल्म युनिटले पोखरास्थित अन्नपूर्ण केबल कार र उडी एडभेन्चरसँग सहकार्य गरी  वाच एण्ड वीन अफर ल्याएको हो । यो अफरमा खल्तीले डिजिटल टिकेटिङमा सहकार्य गरेको छ ।

    स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गरेर निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन रहेको छ । फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् । त्यस्तै फिल्म "हुक्का"हेर्न आउनी दर्शकका लागी प्रत्येक टिकट किन्दा अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। 

    त्यस्तै फिल्म हेरेपछि ह्याजट्याज नेपाली मुभी हुक्का १२ लेखेर फोटो अपलोड गर्ने ६ जनाले उडी एडभेन्चर साइक्लिङ, स्विङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउने फिल्म युनिट टिमले जनाएको छ । त्यो सुविधा लिन  दर्शकले फिल्मको टिकट सुरक्षित राख्नुपर्नेछ। यो सुविधा असोज २८ गतेसम्म कायम रहने छ । 

    फिल्ममा सन्तोषकुमार आत्रेयको कथा र सन्तोष र भगवान पौडेलको पटकथा रहेको छ। फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछन्। 

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend