Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चिकित्सक संघ र सरकार बीच भएको बार्ता सफल : यस्ता छन् ६ बुँदे सहमति


३१, भदौ २०८०
  • 424
    SHARES
  • चिकित्सक संघ र सरकार बीच भएको बार्ता सफल : यस्ता छन् ६ बुँदे सहमति

    काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सक संघबीच ६ बुँदे सहमति भएको छ । 

    नेपाल चिकित्सक संघले उठाएका माग सम्बोधन गर्न आईतबार बसेको बैठकमा स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा गठित वार्ता समिति र नेपाल चिकित्सक संघका अध्यक्ष सहितका प्रतिनिधिहरु विच वार्ता,छलफल गरी ६ बुँदे सहमति गरेको हो ।

    नेपाल चिकित्सक संघले आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौडामा विरामीहरूको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको घटनाका सम्बन्धमा संघले भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरूलाई कानूनी कारवाही गर्न माग गरेको थियो । 

    उक्त घटनाको विरोधमा देशभरका चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पारेका थिए ।

    आज भएको सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

    यस्ता छन् सहमतिका बुँदाहरू 

    १. २०७०/०५/२७ गतेका दिन सन्चो अस्पताल, हेटौडामा डिउटीमा रहेका चिकित्सकहरु डा. विकास थापा र डा. प्रशान्त बिडारी माथि भएको सांघातिक आक्रमणमा संलग्न भएका दोषीहरुलाई गृह मन्त्रालय मार्फत सम्बन्धित निकायले तत्काल पक्राउ गरि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन २०७९) बमोजिम कार्बाही गर्ने साथै पक्राउ परेका ४ जना पक्राउ पूर्जी जारी भएका ५ जना सहित अन्य दोषीहरुलाई सोहि ऐन बमोजिम कार्बाही प्रक्रिया अगाडी बढाउने ।

    २. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९ ) को प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारका सरोकारवाला निकायहरु प्रतिबद्ध रहने ।

    ३. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९ ) को दफा ५ बमोजिमको "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति लाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय बनाउन मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने ।

    ४. "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) कार्यान्वयनका लागि सरोकारवालाहरुलाई स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मनन गरी सोहि अनुरुप सचेतनामुलक कार्यक्रमहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघसंगको सहकार्यमा यसै आर्थिक वर्ष देखि संचालन गर्ने ।

    ५.चिकित्सकहरुको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति कम गर्ने लगायतका समस्या समाधान गर्ने गरी ३ महिना भित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने ।

    ६.स्वास्थ्य जस्तो अत्यावश्यक सेवालाई मर्यादित संवेदनशील बनाई सेवा प्रति प्रतिबद्ध रहदै २०८० भाद्र ३१ गते आइतवार नेपाल चिकित्सक संघको अगुवाईमा भएको देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजि अस्पताल तथा क्लिनिकहरु बन्द लगायतका घोषित सम्पूर्ण कार्यक्रम स्थगित गर्ने

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend