Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सभापति लामिछाने रोल्पामा


२, असोज २०८०
  • 463
    SHARES
  • सभापति लामिछाने रोल्पामा

    रोल्पा l राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रोल्पा आउनु भएको छ । सभापति लामिछानेले जिल्लाका विभिन्न स्थानमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भेट्ने कार्यक्रम रहेको रास्वपाका जिल्ला संयोजक रमेश थापाले जानकारी दिनु भयो । 

    सभापति लामिछानेले आज पूर्वी रोल्पाको सुलिचौरमा स्थानिय पार्टी कार्यकर्ता तथा शुभचिन्तकलाई भेट्नु भएको छ ।सुलिचौरको कार्यक्रम सकेर उहाँ सदरमुकाम लिबाङ आईपुग्नु भएको छ । लिबाङमा पार्टी कार्यकर्ता तथा शुभचिन्तकसँग भेटघाट समेत गर्नुभएको छ ।

    लिबाङको कार्यक्रम सकेपछि पश्चिम रोल्पाका गाउँ जाने कार्यक्रम रहेको छ।लामिछाने बुधबार बिहान घर्तिगाउँ हुँदै पश्चिम रोल्पाको मुख्य व्यापारिक केन्द्र बागमारा, परिवर्तन गाउँपालिकाको केन्द्र पुतलाचौर,कुरेलीको खरिबोट,थबाङ, माओवादी उद्गम स्थलको रुपमा चिनिने रोल्पाको थबाङ गाउँपालिकाको ठूलोगाउँ, माडी गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र घर्तिगाउँ,त्रिवेणी गाउँपालिकाको तिला बजार,रुन्टीगढी गाउँपालिकाको केन्द्र समेत रहेको होलेरी बजार जाने कार्यक्रम रहेको छ । 

    प्रतिनिधि सभा सदस्य समेत रहनु भएका लामिछानेको रोल्पा बसाई पाँच गते सम्म रहने छ।सभापति लामिछानेका साथमा पार्टीका महामन्त्री डाक्टर मुकुल ढकाल, लुम्बिनी प्रदेशका सभापति देवराज पाठक र महामन्त्री निलराज अधिकारी सहितको टोली रहने छ 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend