काठमाडौं । नेकपा एमालेका उपनेता सुवास नेम्वाङले सांसदहरुले आधारहीन आरोप लगाउने सांसदमाथि कार्बाही र संसदीय रेकर्डबाट नहटाएसम्म संसद चल्न नदिने बताएका छन् । उपनेता नेम्वाङले आधारहीन र गैरजिम्मेवार टिप्पणी नसच्याएसम्म बैठक चल्न नदिने बताए ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेम्वाङले गम्भीर आरोप टाउकोमा बोकेर चुप लागेर बस्न नसकिने बताए । उनले पशुपतिनाथमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाइएको आरोप पार्टी अध्यक्ष केपी शर्मा ओली माथि लगाइएकोमा आक्रोस पोख्दै नेवाङले भने त्यो आरोप राफसाफ नभएसम्म संसदीय प्रक्रियामा सहभागी हुन नसकिने अडान राखे ।
नेवाङले सत्ता पक्षले प्रतिपक्षी दलका नेतालाई आधार, प्रमाण बिना आरोप लगाएको भन्दै सरकारको जवाफबिना संसद् चल्न नदिने स्पष्ट पारे। उनले भने यो आरोप सत्तापक्षले विना प्रमाण, तथ्य बेगर आरोप लगाउने कुरा कदापी स्वीकार्य नहुने बताए । । उनले यदी पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भने देखि सरकारले यथार्थ कुरा के हो सदन मार्फत आम नेपाली जनतालाई जवाफ दिनुपर्ने बताए ।