Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आयोडिन नूनको उपभोगले स्वास्थ्य समस्या न्यूनीकरण


७, असोज २०८०
  • 254
    SHARES
  • आयोडिन नूनको उपभोगले स्वास्थ्य समस्या न्यूनीकरण

    सुदूरपश्चिम । आयोडिनयुक्त नून उपभोग गर्ने बानी बढेपछि आयोडिनको कमीले मानिसमा देखिने विभिन्न शारीरिक समस्या न्यूनीकरण हुँदै गएको छ । यो नूनको उपभोग गर्ने जनसङ्ख्या बढेसँगै पहिलेको जस्तो सुस्त मनस्थिति, पुट्कोपना, गलगाँड हुनेजस्ता शारीरिक समस्या न्यूनीकरण हुँदै गएको पाइएको बाजुरा जिल्ला अस्पतालका प्रमुख नृपराज गिरी बताउनुहन्छ ।

    “आयोडिन नून र पोषणयुक्त अन्य खानेकुराको उपभोग बढेकाले हुनसक्छ, अस्पतालमा पछिल्ला दशकमा प्रसूति सेवा लिन आउने माहिलाबाट पुट्कोपना, ख्याउटेपना र सुस्त मनस्थितिका शिशु जन्मिएको विवरण देखिँदैन,” उहाँ भन्नुहुन्छ, “गलगाँडको समस्या लिएर आउने नयाँ बिरामी पनि छैनन् ।”

    आयोडिनयुक्त नूनको पहुँच सबै ठाउँमा नपुग्दा कतिपय नागरिकले विगतमा आयोडिन तत्व नभएको ढिके नून उपभोग गर्नुपर्ने बाद्यता थियो । आयोडिन तत्वका साथै भिटामिन ‘ए’ को कमीका कारण मानिसको बुझ्ने तथा सिक्ने क्षमतामा ह्रास आउने, सुस्त मनस्थितिका सन्तान जन्मिने, गलगाँड हुने, महिनावरी हुने महिलामा अत्यधिक रक्तस्राव हुने, महिनावारी अनियमित हुने ,वयस्क व्यक्तिको प्रजनन् क्षमता कमजोर हुनेलगायत स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

    आयोडिनयुक्त नूनको उपभोग गर्दा हुने फाइदा र नगर्दा हुने बेफाइदाका बारेमा पहिलेको भन्दा जनतामा चेतना बढेको पाइएको स्थानीयवासी ज्ञानबहादुर शाही सुनाउनुहुन्छ  । “पहिल्यैदेखि घरमा ढिके नून उपभोग गर्ने बानी परेकाहरू पनि अहिले पोकाको आयोडिनयुक्त धुलो नून उपभोग गर्ने गरेका छन्” उहाँ भन्नुहुन्छ,”आयोडिन नूनका बारेमा अहिले सबैमा चेतना आइसकेको छ ।” उक्त नून बिक्री वितरणको दायित्व बोकेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नेपालमा यो नून उपभोग गर्ने जनसङ्ख्या ९३ प्रतिशत पुगेको जनाएको छ ।

    कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेशकुमार झा भन्नुुहन्छ,“आयोडिनयुक्त नून खानुपर्छ भन्ने चेतना नागरिकमा पहिलेको भन्दा निकै बढेको छ, यसको पहुँच पनि सबैतिर पुगेको छ, आयोनूनको उपभोग गर्ने बढेसँगै मानिसको स्वास्थ्यमा देखिने विकृति अहिले पूरै हटेको छ ।” सात प्रतिशत जनसङ्ख्याले भने खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैधरुपमा आयात गरिने ढिके नून उपभोग गरिरहेको पाइएको छ ।

    यसरी भित्रिने ढिके नूनमा आयोडिनको मात्रा नहुने भएकोले खान नहुने बताइन्छ । ढिके नून आयोडिननूनको मूल्यभन्दा कम पर्ने हुँदा सीमा क्षेत्रका कतिपयले यो नून उपभोग गर्ने गरेका हुन् । आयोडिनयक्त ढिके नून भने छिटपुट रुपमा बिक्री वितरण हुने गरेको छ । यस्तो ढिके नूनको बाहिरी भागमा हुने आयोडिन तत्व धोइपखाली प्रयोग गर्नुपर्दा त्यसमा रहने आयोडिन तत्व नष्ट हुने गर्छ । नेपाल सरकार र लिमिटेडको संयुक्त पहलमा सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लासहित देशका २२ दुर्गम जिल्लामा तोकिएको कोटाअनुसार सहुलियत मूल्यमा ‘भानु ब्राण्ड’को आयोनून बिक्री वितरण भइरहेको छ ।

    सरकारले ढुवानी अनुदान र कर्पोरेशनले प्रतिकिलोमा छ रुपैंया छुट दिएर दुर्गम जिल्लामा यो नून प्रतिकिलो रु नौ मा बिक्री वितरण गरेको हो । सुदूरपश्चिम प्रदेशमा आ.व २०८०/८१ मा २४हजार पाँचसय १४ क्वीन्टल सहुलियत मूल्यका नूनको कोटा तोकिएकामा गत भदौ अन्तिमसम्म चार हजार नौ सय १५ क्वीन्टल नून सम्बन्धित जिल्लामा ढुवानी भइसकेको कर्पोरेशनको धनगढीस्थित प्रदेश कार्यालयले जनाएको छ । अनुदान नदिइएको आयोडिनयुक्त शक्ति र आयो नून भने कर्पोरेशनले बजारमा प्रतिकिलो  रु १५ मा बिक्री वितरण गर्ने गरेको छ । 

    कर्पोरेशनका विभागीय प्रबन्धक झा नेतृत्वको एक टोलीले अछाम, बझाङ, बाजुरालगायत जिल्लामा आयोडिन नूनको आपूर्ति व्यवस्थापन र देखिएका समस्यालगायत विषयमा केही दिनअघि स्थलगत निरीक्षण अनुगमन गरेको थियो । समयमै आपूर्ति व्यवस्थापन हुननसक्दा कतिपय समयमा यो नून पाउन समस्या हुने गरेको स्थानीयवासीको गुनासो पनि छ ।

    घरपालुवा गाईबस्तुका लागिसमेत यो आयोडिन नूनको जोहो गर्न खोज्दा मान्छेका लागि नपुगेर कहिलेकाही आपूर्तिमा समस्या देखिने गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, “भौगोलिक विकटतासँगै जनभावनालाई मध्यनजर गरी यो नूनको आपूर्तिका लागि कोटा निर्धारण गर्न आवश्यक छ ।” नेपालमा पहिलो पटक सन् १९६५ मा गरिएको सर्वेक्षणकाअनुसार त्यसबेला आयोडिनको कमीका कारण ५५ प्रतिशत जनताको स्वास्थ्य कुनै न कुनै रुपमा असर परेको थियो । जन्मिने चार प्रतिशत बालबालिका सुस्त मनस्थितिका हुन्थ्ये ।

    सरकारको नीतिगत निर्णयपछि सन् २०७३ देखि नेपालमा आयोडिन नून बिक्री वितरण थालिएको हो । नूनको सहज आपूर्ति गर्न स्थापित कर्पोरेशनले हाल नूनसहित अन्य दैनिक उपभोग्य वस्तु र रासायनिक मल सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको कर्पोरेशनका विभागीय प्रबन्धक झा बताउनुहुन्छ ।

  • अनसनको तेस्रो दिन इन्टर्न चिकित्सक हरिजनको स्वास्थ्य बिग्रियो, वीर अस्पताल भर्ना

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि आमरण अनसनमा बसेका एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजनको

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend