Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उखु किसानका पीडा


इ खबर
१२, जेठ २०८०
  • 218
    SHARES
  • उखु किसानका पीडा

    काठमाण्डौं । कपिलबस्तु किसान मजदूर संघ तथा उखु किसान सङ्घर्ष समितिका अध्यक्ष अनुपकुमार चौधरी कृषि मन्त्रालय जाँदा उद्योग मन्बालय जान भन्छन् । फेरि यो त आर्थिक विषय हो अर्थ मन्त्रालय जान भन्छन् । यो त कृषि मन्त्रालयमै जानु भनेर पठाउँछन् । जेठ १ गते आएका उनीसहित ३१ जनाको टोलीको दिनचर्या यसरी नै बित्ने गरेको छ। आजको दिनसम्म त्यहीँ धाएरै मात्र गयो, काम केहि पनि हुन सकेन भनेर माइतीघर मण्डलामा बसेर गुनासो सुनाउँदै थिए । 

    उनीहरु गौशाला बस्छन् । अनुपलाई भेट्न पनि बिहानै टोली माइतीघर आएको बेलामा मात्र भेट्न पाइन्छ नत्र उनको काम बिहान गौशालाबाट आएर अरु उखु किसानहरुलाई माइतीघरमै शान्तिपूर्ण धर्ना दिन बस्न भनेर फिल्डमा जाने गर्छन् । काम नभएको बेला उनी पनि आएर बस्ने गर्छन् । अनुप भन्छ्न्, ‘हामी आएर आन्दोलन गरेको नि १२ दिन भैसक्यो । बस्न खान खर्च बढेको बढै छ । काम गर्न निस्किदा एउटा मन्त्रालयदेखि आर्को मन्त्रालाय धाउदै दिन बित्छ । हाम्रो पीडा कले सुनिदिने खै सरकार ? नजिकै छ भनेर प्रदेश सरकार जाँदा कुरा नै नसुनिदिने भएर राजधानी आएर नि तेहि हुने भयो ।

    यसरी उखु किसानहरु बर्सेनि काठमाडौं आएर विभिन्न मागहरु उठाउदै आउने गर्छन् । कपिलबस्तुबाट आएका उखु किसानहरुको माग पनि उस्तै हो । आर्थिक वर्ष ०७१–०७२ मा नेपाल सरकारले रु। २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरे तापनि हालसम्म नपाइएको अनुदान रकम तत्काल ब्याजसहित असुल उपर गराइ दोषीमाथि कारबाही  गरियोस् भन्ने माग लगायत विभिन्न समयमा सरकारले तोकेको रकम भन्दा चिनी मिलहरुले कम मूल्यमा उखु खरिद गरेको हुनाले काटिएको रकमसमेत उपलब्ध गराउन र ट्याक्टर खरिद गर्दा सहुलियत दरमा भन्सार गराइ कृषकले स्वयं ल्याउन पाउने गरी व्यवस्था मिलाइयोस् भन्ने जस्ता यस्तै मागहरु लिएर कपिलबस्तुका किसानहरु यतिबेला माइतीघरको सडकमा बसिरहेका छन् । 

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend