Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

परम्परागत भोदी खेल संरक्षणमा जुट्दै थारू समुदाय


९, असोज २०८०
  • 363
    SHARES
  • परम्परागत भोदी खेल संरक्षणमा जुट्दै थारू समुदाय

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । यसका लागि  जिल्लामा प्रतियोगिता समेत सञ्चालन गरिएको छ । 

    श्रीथान कुमारवर्ती गुठीका उपाध्यक्ष पतिराम थनेतले अनत पर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो । “भोदी खेलमा एक समूहमा दश जना हुने गर्दछन्, भुइँमा नौवटा लठ्ठी गाडेर राखिन्छ, पालैपालो हानेर लठ्ठी निकाल्ने गरिन्छ, जुन समूहले सबै लठ्ठी निकाल्न सक्छ त्यो समूह नै विजयी घोषित हुन्छ”, उहाँले भन्नुभयो ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) सहित तराई क्षेत्रका थारू समुदायले अनत पर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी मनाउने गर्दछन् । अनतका अवसरमा इन्द्रलाई पूजा गरी खुसी  बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रा फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिककार्य गरिने थनेतले बताउनुभयो । 

    इन्द्रलाई खुसी बनाउन पिङ खेल्ने, भोदी खेल्ने परम्परा रहिआएको छ । भोदी खेल थारू समुदायको बाक्लो बस्ती भएको गाउँमा समूह बनाएर खेल्ने पुरानो परम्परा भए पनि पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको उहाँले बताउनुभयो ।

    “अनतका अवसरमा अन्नबालीलाई आवश्यक पानी पारिदिन इन्द्र भगवान्को उपासनासँगै भोदी खेल खेल्ने प्रचलन जिल्लामा विसं २०५२ देखि सुरु गरिएको हो”, उहाँले भन्नुभयो, “लोप हुने अवस्थाको यस खेलको संरक्षण गर्दा थारूको कला संस्कृति र परम्परासमेत उजागर भएको छ ।”

    थारू समुदायको पहिचान बोकेको विभिन्न चाडपर्वमध्ये अनन्त चतुर्दशी पर्वलाई पनि थारू समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन । यस पर्व ठाउँ र परिवेशअनुसार फरक तरिकाले मनाउने गरिएको थारू अगुवा चिन्तामणि महतोले बताउनुभयो । 

    “यहाँका थारूहरूले व्रत बसी पूजा गर्ने गर्दछन्, यसै दिन व्रत बसेर लट्ठीले हानेर खेलिने मौलिक खेललाई नै भोदी खेल भनिन्छ”, उहाँले भन्नुभयो, “भाद्र चतुर्दशीमा मनाइने अनत पर्व विसं १८२५ देखि मनाउन सुरु गरिएको हो ।”

    भोदी खेल धार्मिक र ऐतिहासिक महत्व बोकेको हँुदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको महतोले बताउनुभयो । यसबाट नयाँ पुस्तालाई खेलको महत्व बुझाउन र सिकाउन सहज भएको उहाँले भन्नुभयो । 

    तराई क्षेत्रका थारू समुदायले अनत पर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी व्रत बसेर भोदी खेल्ने गर्दछन् । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस खेलको महत्व नयाँ पुस्तालाई बुझाउन र सिकाउन प्रत्येक वर्ष भोदी खेल प्रतियोगिता सञ्चालन गर्दै आइएको छ । यस वर्ष अनन्त चतुर्दशी यही असोज ११ गते परेको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend