Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एक औषधी व्यवसायी पक्राउ


१०, असोज २०८०
  • 317
    SHARES
  • एक  औषधी व्यवसायी पक्राउ

    उदयपुर । उदयपुर प्रहरीले प्रतिबन्धित औषधी सहित एकजना औषधी व्यवसायीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेल्टारले चौदण्डीगढी नगरपालिका ७ बेल्टारका गोपी कृष्ण मेडिकल हलका संचालक बिरेन्द्र झालाइ प्रतिबन्धित औषधी ट्रामाडोल सहित प्रकाउ गरेको हो ।

    चौदण्डीगढी नगरपालिका नगर स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार ट्रामाडोल डाक्टरको पुर्जा बिना बेचबिखनमा प्रतिबन्धित औषधी हो । ट्रामाडोल बेचबिखनको लागि हरेक औषधी पसलले लगबुक राखेर मात्र बेच्नु पर्ने प्रावधान रहेको समेत स्वास्थ्य शाखाले जनाएको छ ।

    गत असोज २ गते नगर स्वास्थ्य शाखाका कर्मचारी सहित प्रहरीको टोलिले झाको मेडिकल हलमा छापा मारेको थियो । झाले संचालन गर्दै आएको गोपी कृष्ण मेडिकल हलमा छापा मार्ने क्रममा प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार २० ट्याबलेट, स्पासेन २ हजार एक सय ६० ट्याबलेट र ओपिडोल २ हजार एक सय ट्याबलेट सहित प्रहरीले प्रकाउ गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिनुभयो । 

    गोपी कृष्ण मेडिकल हलका संचालक बिरेन्द्र झा अबैध औषधी सहित पक्राउ परेसंगै थानीय स्तरमा अबैध औषधीको ब्यापार गरेर समाज बिगारेको र आफ्ना छोराछोरी अहिले सुधार केन्द्रमा राख्नु पर्ने अवस्थामा पुगेको भन्दै झालाई हदैसम्मको कारवाहीको माग स्थानीयहरुले राख्दै आएका छन् । उनीहरुले झालाई कारवाहीको माग सहित प्रशासन समक्ष ज्ञापनपत्र समेत बुझाएका थिए ।

    अबैध औषधी बेचबिखनको नियमनकारी निकाय औषधी ब्यबस्था बिभाग भएकोले प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि बरामदी औषधी सहित औषधी ब्यवस्था बिभाग बिराटनगर पठाएको छ ।

  • अनसनको तेस्रो दिन इन्टर्न चिकित्सक हरिजनको स्वास्थ्य बिग्रियो, वीर अस्पताल भर्ना

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगको कार्यालय अगाडि आमरण अनसनमा बसेका एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजनको

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend