Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जनयुद्धमा हाम फाले जस्तै अहिले भ्रष्टाचारविरूद्ध हाम फालेको छु : प्रधानमन्त्री प्रचण्ड


१३, जेठ २०८०
  • 112
    SHARES
  • जनयुद्धमा हाम फाले जस्तै अहिले भ्रष्टाचारविरूद्ध हाम फालेको छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा हाम फाले जस्तै अहिले भ्रष्टाचारविरूद्ध हाम फालेको दाबी गरेका छन्।

    शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारण सभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा हाम फाले जस्तै अहिले भ्रष्टाचारविरूद्ध हाम फालेको दाबी गरेका हुन्।

    उनले भने, ‘जनयुद्धको बेलामा जुन सङ्कल्पका साथ हाम फलिएको थियो, अहिले विकृति, विसङ्गति र भ्रष्टाचारको विरुद्ध म त्यहीँ मानसिकताको साथ हाम फालेको छु। जसरी जनयुद्ध सुरू गर्दा को कति दिन बाचिने हो, को कति बेला मारिने हो भन्ने टुङ्गो थिएन, अहिलेको यो लडाई पनि त्यस्तै त्यस्तै छ। हिजो जनयुद्धमा अघि बढ्दै जाँदा हजारौँ क्रान्तिकारी, न्याय प्रेमी जनताको साथ समर्थन प्राप्त भएको थियो यो लडाइमा पनि साथ रहने मैले विश्वास लिएको छु।’

    उनले सामाजिक न्याय सुशासन र समृद्धि नै आफ्नो मुख्य लक्ष्य भएको बताएका छन्। उनले आफ्नो अगाडि चुनौतीपूर्ण अवसर रहेको हुँदा जतिसुकै घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प आफूसँग नभएको दाबी गरेका छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend