Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मन्दिरलाई दिएको जग्गा,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग मुआब्जा हत्याउन मिलेमतो 


१२, असोज २०८०
  • 363
    SHARES
  • मन्दिरलाई दिएको जग्गा,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग मुआब्जा हत्याउन मिलेमतो 

    बुटवल । मालपोत र भूमाफियासँको मिलेमतोमा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको धावनमार्ग नै व्यक्तिको नाममा पास गरेको रहस्य बाहिरीएको छ। गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको धावनमार्ग नै व्यक्तिको नाममा पास मालपोतकै प्रमुखको र कर्मचारीसँगको मिलेमतोमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको धावनमार्ग र पर्खालभित्र पर्ने जग्गा भुमाफिया पर्वतराज कान्त मिश्रले गत वैशाख ८ गते आफ्नो नाममा दर्ता गरेको प्रमाण फेला परेको हो ।

    सिद्धार्थनगर नगरपालिका वडा न-५ घर भएका हाल भारतको गोरखपुरमा बस्दै आएका भूमाफिया नामले चिनिएका मिश्रलाई प्रयोग गरेर २०२२ सालमा सिद्धार्थनगर-१० स्थित जग्गाधनी सुर्जा मिश्राइनले ॐ काली मन्दिरलाई दान गरिसकेको जग्गालाई अहिले आफ्नो नाममा दर्ता गराएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँग मुआब्जा हत्याउनको लागि मालपोतको प्रत्यक्ष सेटिङमा गरिएको श्रोतको दावी छ ।

    ७ वटा कित्तामा रहेको ४ विघा १७ कठ्ठा ६ धुर जमिन २०८० बैशाख ८ गते मालापोत कार्यालय रुपन्देहीले मिश्रको नाममा दर्ता गरिदिएको छ। जग्गा दर्ता गरे संगै विमानस्थलको अधिग्रहणमा आफ्नो जमिन परेको भन्दै मिश्रले गौतमबुद्ध विमानस्थल आयोजना कार्यालयमा मुआब्जाका लागि  बैशाख ११ गते आयोजना प्रमुखलाई सम्बोधन गर्दै मिश्रले निवेदनमा लेखेका छन् गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको विकास,  विस्तार र स्तरोन्नति गर्दा आफ्नो जग्गा पनि परेको भन्दै मुआब्जाका लागि निवेदन दिएको पाईएको हो । 

    २०७९ सालसम्म फिल्डबुकमा कसैको नाममा नरहेको र मुआब्जाका लागि पनि कुनै व्यक्ति दावी गर्न नआएको जमिन एकाएक मिश्रले मुआब्जाका लागो निवेदन पेश गरेपछि विमानस्थल आयोजनाका कर्मचारीहरु अलमल परेको र सो बिषयका बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय रुपन्देही लगायत सम्बन्धित निकायमा जानकारी गराईसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनु भयो । 

    मालपोत कार्यालयको अभिलेख अनुसार उक्त जग्गा २०२२ साल अघि ३० विघा १४ कठ्ठा १४ धुर जमिन सिद्धार्थनगर १० निवासी  सुर्जा मिश्राइनको नाममा रहेको देखिन्छ । भूमि सम्बन्धी ऐन २०२१ अनुसार ११ विघा बढी जमिनमा हदबन्दी लाग्ने भएपछि तत्कालीन समयमा उक्त जमिन मिश्राइनले कालि मन्दिरको नाममा दिएको बुझिएको छ । मिश्राईन निस्सन्तान हुनुहुन्थ्यो । 

    २०२५ माघ १८ गते मिश्राइनको निधन पश्चात् अपुताली खानको लागि विभिन्न व्यक्तिले अपुताली दावी गरेपछि २०६४ सालमा मालपोत कार्यालयले नजिकका नाता पर्ने रमाकान्त मिश्रको नाममा जमिन दर्ता गर्ने निर्णय गरेको थियो । तर, त्यतिबेला साविक भुजौली नक्सा सिट नम्बर ९ ख को कित्ता नम्बर ७, २९, ३२, ६७, ६८, ९२, ९४ को जमिन काली मन्दिरलाई छाड्ने निर्णय गरेको देखिन्छ। 

    मालपोत कार्यालय रुपन्देही भैरहवाका प्रमुख कुमार आचार्य, नायब सुब्बा अजितकुमार साहनीको संलग्नता र भूमाफियासँको मिलेमतोमा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको धावनमार्ग नै व्यक्तिको नाममा पास गरेको रहस्य बाहिरीएको छ। कार्यालय भैरहवाले कालि मन्दिरलाई दिने निर्णय गरेपनि १० विघा ६ कठ्ठा १९ धुर जमिन रमाकान्तको निधन भएपछि उनका नाती पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरेको देखिएको छ।

    मिश्राइनको ३० विघा १४ कठ्ठा १४ धुर जमिन मध्ये १३ विघा १३ कठ्ठा ८ धुर जमिनमा मोही कायम भएको, काली मन्दिरलाई ६ विघा जमिन दिएपछि बांँकी रहेको जमिन मिश्रको नाममा दर्ता गरिएको थियो।
     
    आफ्नो नाममा आएको जग्गा मिश्रले विभिन्न मितिमा आफ्नो नामको जमिन विक्रि गरेका उनको बांँकी रहेको १ विघा १ कठ्ठा जमिन विमानस्थल निर्माण गर्ने क्रममा अधिग्रहणमा परेपछि मुआब्जा लिएका मिश्रले सेटिङ मिलाएर मन्दिरलाई प्रदान गरिएको जग्गा हदबन्दी भनेर उक्त जग्गा मालपोतले मिश्रको नाममा गरिदिएको रहस्य फेला परेको हो । यद्यपि मिश्रले दर्ता गरेर विमानस्थलसँग सो जग्गाको मुआब्जा हालको अनुसार ९ करोडभन्दा दिनुपर्ने हुन्छ। 

    भूमाफियाहरुको सेटिङमा ९ करोड रुपैयाँ हत्याउन सक्रिय भएका मालपोतदेखि व्यक्तिसम्म छानबिन गर्नुपर्ने माग स्थानीयहरुको छ । कानूनी हदबन्दीका कारण फिल्ड बुकमा भएपनि कसैको नाममा दर्ता नरहेको करिब ५ विघा जग्गामा भुमाफियाहरुको आँखा गडेपछि फिल्डबुकमा कसैको नाममा दर्ता नभएको र हदबन्दीले गर्दा ५८ वर्ष पहिला नै सुर्जा मिश्राइनले काली मन्दिरलाई दिएको उल्लेख गरिएको जग्गालाई हडप्न खोजिएको छ ।

    यता मालपोत कार्यालय भैरहवाका प्रमुख कुमार आचार्यले भने हदबन्दी नभएको र जिल्ला अदालतको मिलापत्रको आधारमा मिश्रको नाममा गरिदिएको दावी गर्नुभयो । विमानस्थलको अधिग्रहणमा परेको जमिन व्यक्तिको नाममा बनाउंँदा मालापोतले मुआब्जा वितरण समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी, विमानस्थल आयोजना र नागरिक उड्डयन प्राधिकरणसंग समेत कुनै राय नलिएर मालपोत प्रमुख र नायब सुब्बाको मात्रै निर्णयले दिएको स्पष्ट छ ।

  • सत्ता बदलिन्छ, प्रहरीको निष्ठा बदलिँदैन : कार्की प्रकरणले उठायो सुशासनमाथि प्रश्न

    राजनीतिक आदेशभन्दा माथि कानुन हुनुपर्ने प्रहरी संगठनमा नेतृत्व परिवर्तनको विवाद; प्रहरीको व्यावसायिक स्वतन्त्रता, सरकारको जवाफदेहिता

  • आईजीपीबाट हटाइएका कार्कीबारे सरकारको स्पष्टीकरण : ‘कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै’

    काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको

  • अभियुक्तको बयान सार्वजनिक हुनु गम्भीर विषय हो, चुहावटको पनि छानबिन होस् : साम्सद पन्थी

    काठमाडौं । हिरासतमा रहेका अभियुक्त इनम सापकोटाको बयान सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता, प्रमाणको सुरक्षा र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend