Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सरकारलाई समितिको निर्देशन


१२, असोज २०८०
  • 224
    SHARES
  • चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्न सरकारलाई समितिको निर्देशन
    काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि दुर्व्यवहारमा संलग्नलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । 
     
    समितिको आजको बैठकमा समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य क्षेत्रलाई मर्यादित, सुरक्षित, हिंसा र भयमुक्त एवं मैत्रीपूर्ण बनाई निर्वाध सेवा प्रवाहको वातावरण तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।  
     
    “चिकित्सकमाथि हुने यस्तो घटनाप्रति खेद प्रकट गर्दछौँ”, समितिको निर्णयमा भनिएको छ, “दोषी उपर कारबाही गर्न र सार्वजनिक सरोकारको स्वास्थ्य क्षेत्रलाई मर्यादित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।”  समितिका सभापति जोशीले चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि बढ्दो आक्रमण र दुर्व्यवहारका घटनाप्रति ध्यानाकर्षण भएको बताउनुभयो ।
     
    बैठकले चिकित्सक एवं स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्याको समाधान वार्ताबाट गर्न सुझाव दिएको छ । समितिले चिकित्सकहरु पेसागत क्षेत्रमा नियमित हुने वातावरण सिर्जना गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समस्या समाधान गर्न उपसमिति तथा अध्ययन कार्यदल गठन गर्न समितिले निर्देशन दिएको छ । 
     
    समिति बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, गृह मन्त्रालयका सचिव, नेपाल मेडिकल काउन्सिल, नेपाल दन्त चिकित्सक सङ्घ, नेपाल सरकारी चिकित्सक सङ्घ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय आवासीय चिकित्सक सङ्घ, नेपाल नर्सिङ काउन्सिल, नेपाल नर्सिङ परिषद्लगायतका  सरोकारवाला सङ्घसंस्थाको प्रतिनिधिको उपस्थिति थियो ।
     
    मन्त्री बस्नेतले चिकित्सकमाथि भएको दुर्व्यवहार एवं अनपेक्षित घटनाबारे दुःख व्यक्त गर्नुभयो । बैठकमा गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गर्नुभएको थियो । सचिव भट्टराईले दुर्व्यवहारका घटना भएका अस्पतालमा सुरक्षाको व्यवस्था मिलाइएको र संलग्नलाई कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । 
     
    बैठकमा आवासीय चिकित्सकहरुले हेटौँडा, बुटवल, लमजुङ, मणिपाल कलेज पोखरा, विराटनगर, बगौडा अस्पताल, चितवन र पाटनलगायतका अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारमा संलग्नलाई तत्काल कारबाही गर्न माग राख्नुभयो । मणिपुर शिक्षण अस्पतालमा रहेका राजनीतिक दलका भातृ सङ्गठन हटाउन र  चिकित्सकको शान्ति सुरक्षा र सुविधाको प्रत्याभूतिको माग गरिएको थियो ।
     
    नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्कीले सरकारले चिकित्सकको सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिनुभयो । सरकारी चिकित्सक सङ्घका अध्यक्ष डा. समाज गौतमले दोषीलाई कारबाहीको माग गर्नुभयो ।
     
    बैठकमा समितिका अधिकांश सदस्यले चिकित्सक एवं स्वास्थ्यकर्मीको समस्यालाई दीर्घकालीन समाधान दिन दृढ राजनीतिक सङ्कल्प आवश्यकता भएको बताउनुभएको थियो ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend