काठमाडौं । चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकहरुले निरन्तर विरोध प्रदर्शन गरेका छन् । मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण हुँदा पनि राज्यले सुरक्षा प्रदान गर्न नसकेको भन्दै उनीहरुले शनिबार पनि काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले स्वास्थ्यकर्मी कुट्न पाइदै, शान्ति सुरक्षा कायम गर लगाएका नारा लगाएका थिए । देशका सबै स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (संशोधन सहित) ले गरेको कसूर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था लागू गर्नुपर्ने उनीहरुको माग छ ।