Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आर्थिक वृद्धिको लागि सुशासन अपरिहार्य


१३, जेठ २०८०
  • 280
    SHARES
  • आर्थिक वृद्धिको लागि  सुशासन अपरिहार्य

    विश्वभर जन जीवन प्रभावित बनाएको कोभिड १९ बाट नेपाल पनि अछुतो रहेन । नेपालमा त्यसको प्रत्यक्ष प्रभाव आर्थिक क्षेत्रमा पनि देखाप¥यो । कोरोनाको असर विस्तारै लयमा आउन लागेको अवस्थामा पुनः  देशमा आर्थिक मन्दीको प्रभाव देखिन थालेको छ ।  

    यस्तो समयमा आर्थिक क्षेत्रको सुधारका लागी राज्यले समन्वयकारी भूमिका खेल्नु आवश्यक हुन्छ । देशको सबै क्षेत्रहरु तहसनहस भएको अवस्थामा अबको समय आर्थिक अनुशासनमा ध्यान दिन जरुरी छ । नेतृत्व तह नै ठूला ठूला भष्ट्रचारका काण्डहरुमा मुछिदा देशको अर्थतन्त्रको अवस्थामा सुधार ल्याउन कठिन हुन्छ कि भन्ने जनमानसमा पर्न थालेको छ ।  व्यक्ति व्यक्ति अब अनुशासित भएर अगाडि बढ्नुपर्ने देखिन्छ । सुशासन आर्थिक वृद्धिको लागि अपरिहार्य कुरा हो ।

    भ्रष्टाचार न्युनीकरण अर्को अपरिहार्य कुरा हो । मुलुकमा अनिश्चितता छ । सबैभन्दा बढी अर्थमन्त्री र प्रधानमन्त्री ब्योहोरेको गर्भनर सायद म नै हुँ ।  ५ वर्षसम्म ५ वटा प्रधानमन्त्री ५ वटा अर्थमन्त्री मैले व्यहोरें । राजनीतिक अस्थिरताका कारण नीतिगत स्थायित्व नहुनु र व्यक्तिगत स्वार्थ हावी हुनुले पनि सुशासनमा प्रभाव परेको हो । नीतिगत स्थायित्व नहुदाँ  ‘पोलिसी करप्सन’ हुन्छ । नीतिगत भ्रष्टाचार बढ्छ जसले गर्दा सुशासनमा प्रभाव पारेर आर्थिक गतिविधि अगाडि बढ्न सकेको छैन ।

    नीतिगत रुपमा हुने भ्रष्टाचारलाई न्युनीकरण गरेर देशलाई आर्थिक रुपमा समृद्धि बनाउन सकिन्छ  । अस्थिरता,कुशासन र भ्रष्टाचार कम गर्न नेतृत्व तह देश र जनताप्रति उत्तरदायि र अनुशासित हुन जरुरी छ । 

     

                      डा.चिरञ्जीवी नेपाल,पूर्व गभर्नर तथा आर्थिक सल्लाहकार,राष्ट्रपति कार्यालय 

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend