Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

स्वास्थ्यकर्मीको सुरक्षाका लागि समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन


१५, असोज २०८०
  • 161
    SHARES
  • स्वास्थ्यकर्मीको सुरक्षाका लागि समन्वय गर्न मन्त्रालयद्वारा समिति गठन

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षाका लागि सम्वन्धित निकायबीच समन्वय कायम गरिने भएको छ । स्वास्थ्यकर्मीमाथि दैनिक हुन थालेका आक्रमणलाई मध्यनजर गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा.टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । 

    मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि निरन्तर आक्रमण हुन थालेपछि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) को दफा ५ अनुसार सो समिति गठन गरेको हो । 

    पछिल्लो समय स्वास्थ्यकर्मीमाथि भएका अवान्छित घटनाका सम्बन्धमा एवं स्वाथ्यकर्मीसँगको सुुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयनका लागि सरोकारवाला निकायसँग समितिले छलफल  पनि सुरु गरिसकेको उहाँको भनाइ थियो ।  

    समितिले स्वास्थ्यकर्मीको सुरक्षाप्रतिकुल हुनेगरी कुनै स्वास्थ्य संस्थामा भएका घटनाका सम्बन्धमा जाँचबुझ गर्ने र अनुसन्धानमा सहयोग गर्ने, अदालतको फैसलाअनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको तर्फबाट सम्बन्धित व्यक्तिलाई क्षतिपूर्ति दिलाउने छ ।

    ऐनको दफा ३ मा स्वास्थ्य संस्थामा आगलागी गर्नेलाई दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा रु दुई लाखँदेखि रु पाँचलाखसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ । 

    यस्तै स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउने, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने वा शारीरिकरुपमा चोट पुर्याउनेलाई तीन वर्षसम्म कैद वा रु  तीन लाखसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ । 

    यसैगरी स्वास्थ्य संस्थामा तालाबन्दी गर्ने, उपचारका लागि आएका वा उपचाररत बिरामीहरुको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्नेलाई एक वर्षसम्म कैद वा एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ । 

    मन्त्रालयले स्वास्थ्यकर्मीमाथि हुने हातपात गर्नेलाई दफा ३ बमोजिम सजायको व्यवस्थालाई अस्पताल परिसरभित्र सबैले देख्ने गरी टाँस्न अनुरोध समेत गरेको छ । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend