काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच जनामा कोरोना संक्रमण पुष्टि जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ सय १२ वटा स्वाब परीक्षण गर्दा थप पाँच जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने निको हुनेको संख्या भने नौ लाख ९१ हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा देशभर कसैको पनि निधन भएको छैन भने चारजनालाई उपचार पछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ ।