Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कसरी पर्यो मिश्रको गिद्धे दृष्टि धावनमार्गमा ..?


१८, असोज २०८०
  • 250
    SHARES
  • कसरी पर्यो मिश्रको गिद्धे दृष्टि धावनमार्गमा ..?

    बुटवल । भारतको गोरखपुरकी सुर्जा मिश्राइनको रुपन्देहीको भैरहवामा जग्गा थियो । उहाँको निधन पश्चात् जग्गा दाबी गर्नेको होड नै चल्यो । त्यसमध्येका पर्वतराज कान्त मिश्रको प्रवेश भयो । हकदाबीका लागि  हरिशंकर मिश्र, हरिप्रसाद वर्नवाल र पर्वत राजकान्त मिश्र बीचको विवाद उत्कर्षमा पुग्यो। 

    यसभन्दा अगाडि उहाँहरु सर्वोच्च अदालत काठमाडौं पग्नु भएको थियो । सर्वोच्चका न्यायाधिशद्वय बब्बरप्रसाद सिंह र हेरम्बराजको संयुक्त इजलासले २०३६ जेठ १८ गते रमाकान्तको पक्षमा फैसला गर्‍यो। यसअर्थमा गरेको छ कि, अञ्चलाधिश कार्यालय र क्षेत्रीय अदालतको फैसला उल्ट्याउँदै सर्वोच्चले सुर्जा मिश्राइनको हकदार रमाकान्त नै ठहर्ने फैसला सुनाएको बताईन्छ ।

    उहाँ रमाकान्तका नाति पर्वतराजकान्त मिश्रले विमानस्थलभित्र पर्ने सुर्जाको हकदारका रुपमा अपुताली पाएको धेरै जग्गा बेचिसकेको पाईएको छ। बिक्री गरेर बाँकी रहेको १ विघा एक कठ्ठा जग्गा विमानस्थलले अधिग्रहण गरेको थियो। त्यसको पनि उहाँले मुआब्जा  लिईसकेको उल्लेख छ ।

    गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको धावनमार्ग र पर्खालको जग्गालाई गत वैशाख ८ गते आफ्नोमा बनाएर मुआब्जा पाउनुपर्ने निवेदन दिने भारतीय मूलका पर्वतराजकान्त मिश्रले नेपाली नागरिकता कसरी पाए भन्ने विषय सामान्य छैन् । भारतको नौतुनहवाका स्थायीवासी मिश्रको नागरिता हेर्दा २०६३ फागुन १६ गते  घुम्ति टोलीसँग लिएको पाईएको छ ।

    भारतीय नागरिक पर्वतराजकान्तले १७ वर्षअघि नेपाली नागरिक लिएको पाइएको हो । २०६३ मा सिद्धार्थनगर नगरपालिका-५ मा खटिएको टोलीबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्राप्त कागजात अनुसार स्पष्ट देखिन्छ । उहाँको नागरिकताको प्रमाणपत्रमा २०६३ फागुन ६ मा नागरिकता प्रदान गरिएको उल्लेख छ। मिश्र नागरिकता लिने बेलामा ३१ वर्षका भएको जन्ममिति र नागरिकता जारी मितिले स्पष्ट देखिन्छ । 

    त्यसबेला भारतीय मूलका नागरिक मिश्रलाई नागरिकता नदिन भन्दै स्थानीयहरुले विरोध समेत गरेपनि नागरिकता घुम्ति टोलीले कुनै वास्ता गरेन । फलतस् दिएरै छाड्यो । तर कसरी दियो भन्ने विषय गुमनाम रह्यो । नेपाली नागरिकले पाउने नागरिक प्रमाणपत्र भारतीय मूलका व्यक्तिले एकाएक नेपाली नागरिकता पाउनु सामान्य विषय नभएको नागरिक समाजको भनाई छ । समाज भन्छ, देशकै गौरवको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग आफ्नो नाममा दर्ता गर्ने कुरा सामान्य व्यक्ति नभइ यसमा अन्य भूमाफिया लगायत कर्मचारीको उल्लेख्य भूमिका नभएर योजना सफल भएको छैन् । गम्भीर रुपमा छानबिन हुन जरुरी छ ।

    २०२५ सालभन्दा अगाडिदेखि भारतको गोरखपुरकी सुर्जा मिश्राइन भैरहवामा बस्दै आएको र नेपालमा जग्गासमेत जोड्न पुग्नुभएको उनहाँको निधन हुन पुग्यो । निस् सन्तानपन रहेकी मिश्राइनको जग्गामा हकदावी गर्न गोरखपुरबाट रमाकान्त मिश्र नामका व्यक्ति आएको वताईन्छ । उहाँ पनि भारतीय नागरिक नै हुनुहुन्छ । 

    रमाकान्तका नाति हुन् पर्वराजकान्त मिश्र पनि पछि सोही जग्गामाथि हकदाबी गर्न आएका भारतको गोरखपुरबासी पर्वतराजले नेपाली नागरिकता कसरी प्राप्त गरे भन्ने विषयलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूक्ष्म अध्ययन गर्नुपर्ने जिल्लाका सरोकारवालाहरुले बताएका छन् । 

    नागरिकता टोलीले वास्ता नगरेपछि स्थानीय वशिष्ठनारायण त्रिपाठीले पर्वतराजकान्त भारतीय नागरिक भएकाले नागरिकता बदर गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले भारतमा जग्गाजमीन नभएको, मतदाता नामावलीमा नपरेको र नगरपालिकामा स्थायी बसोबास गरेको भन्दै २०६५ माघ १५ मा पर्वराजकान्तको नागरिकता सदर गरिदिएको स्थानीयहरुको भनाई छ ।

    444.jpg

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend