Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना


१९, असोज २०८०
  • 316
    SHARES
  • लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना

    लुम्बिनी । बौद्ध दर्शन र संस्कृतिको प्रर्वधन गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा आज विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना गरिएको छ । 

    लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ट एन्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा आयोजित सो बौद्ध संस्कृति सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरुको भूमिकाको प्रशंसा गर्नुभयो । 

    चीनको प्राचीन ‘सिल्क रोड’ले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने काम गरेको बताउनुभयो । तीन संस्थाको आयोजनामा भएको बौद्ध संस्कृति प्रदर्शनीले लुम्बिनीबाट उद्गम भएको बौद्ध दर्शनको प्रर्वधनमा टेवा पुग्ने उहाँको विश्वास छ । 

    कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले सिल्क रोडमार्फत सांस्कृतिक र आर्थिक विकास गर्नुपर्नेमा जोड दिनुभयो । शान्ति र सद्भावमय विकासका लागि बौद्ध दर्शनलाई आत्मसात् गर्नुपर्ने भन्दै मुलुकका हरेक विकासका कामले शान्ति प्रर्वधन गर्ने उहाँको भनाइ छ । 

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य बौद्ध दर्शनको व्यावहारिक अनुशरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहनुपर्नेमा जोड दिनुभयो ।

    लुम्बिनीस्थित चिनियाँ मोनाष्ट्रीका प्रमुख ताओ युएले बुद्ध युनिभर्सल भएकाले यिनको दशर्नको प्रर्वधन र अनुसरणमा पनि विश्वले काम गर्नुपर्ने बताउनुभयो । भियतनामी मन्दिरका प्रमुख डा. लामाले बुद्ध जन्मस्थल हुनु नै नेपालका लागि गौरवको विषय भएको बताउनुभयो । यी क्षेत्रका पहिचानमा चिनियाँ यात्रीहरुको भूमिकालाई बिर्सन नहुने उहाँको भनाइ छ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध शिक्षालाई सरकारले केन्द्रमा राख्न नसकेको भन्दै राज्यको प्रमुख निकायमा रहेका व्यक्तिहरुले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । 

    भिक्षु महासङ्घका निग्रोध महाथेरले कैयौँ बौद्ध दार्शनिकहरु सिल्करोड हुँदै नेपाल, चीन, भारत भ्रमण गरेको बताउनुभयो । उहाँले यो क्षेत्र निकै महत्वपूर्ण रहेको बताउनुभयो । 

    बौद्ध भिक्षु महासङ्घका सचिव भिक्षु धर्मगुप्तले बौद्ध ग्रन्थको विकासमा चीनको महत्वपूर्ण भूमिका रहनुका साथै सांस्कृतिक विकासका कार्यक्रम निरन्तर हुनुपर्ने बताउनुभयो ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु बजिरले बौद्ध संस्कृतिको प्रदर्शनीले बौद्ध दर्शनलाई बुझ्न सहयोग गर्ने बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र संयोजक डा. कुमार खड्काले प्रदर्शनीमा बौद्ध संस्कृतिका विषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भएको र विज्ञहरुले छलफल गर्नुभएको बताउनुभयो ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend