Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारी


२१, असोज २०८०
  • 133
    SHARES
  • आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारी

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आपत्कालीन जनस्वास्थ्यको पूर्व तयारीका लागि सरोकारवाला निकायबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ । 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको आप्तकालीन जनस्वास्थ्यको पूर्व तयारीका सम्बन्धमा क्षमता विकास अभिवृद्धि गोष्ठीमा उहाँले आपत्कालीन जनस्वास्थ्य तथा प्राकृतिक विपत्तिका घटनामा सबै सरोकारवाला निकायहरुबीच एकीकृत शक्तिलाई बलियो बनाएर लैजानुपर्ने खाँचो औँल्याउनुभयो ।

    “हाम्रो भौगोलिक विकटताका कारण कुनैपनि आपत् परेका बेला सहज रुपमा सम्बन्धित ठाउँमा पुग्नका लागि सडक र हवाई मार्गको सहज पहुँच तथा सामथ्र्य नभएकाले यो क्षेत्रमा बृहत् रुपमा अध्ययन गरेर कार्ययोजनाका साथ अघि बढ्नुपर्छ”, मन्त्री बस्नेतले भन्नुभयो । 

    विपद्को पूर्व तयारीका कार्यक्रमहरु योजनामा मात्रै सीमित हुने गरेका भन्दै मन्त्री बस्नेतले व्यवहारिक कार्यान्वयनका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । “पूर्व तयारीको कार्ययोजना बन्छ तर, व्यवहारमा लागू हुदैन । अर्कोतर्फ भौगोलिक अवस्था, स्रोत र साधनको कमिका कारण पनि प्रभावकारी बन्न सकेको छैन”, उहाँले भन्नुभयो ।
     
    मन्त्री बस्नेतले सीमित स्रोतसाधनका बाबजुद पनि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी र विकास साझेदार निकायले प्रभावकारी रुपमा समन्वय गरी समझादारीका साथ काम गरेको भन्दै आगामी दिनमा पनि सकारात्मक उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

    कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीले गरेको काम उदाहरणीय रहेको भन्दै उहाँले विपद् व्यवस्थापनमा स्रोतसाधन, गुणस्तरीय प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गरेर काम अगाडि बढाउन सकिने धारणा राख्नुभयो । 

    भूकम्प, कोभिड, विपद्जन्य घटनालगायतमा आफू सामाजिक अभियानको रुपमा सक्रिय भएको स्मरण गर्दै स्वास्थ्यमन्त्री बस्नेतले विपद्लाई परिवर्तनको अवसरका रुपमा लिएर सरकार, सरोकारवाला निकाय र विकास साझेदार संस्थाको समन्वय तथा सहकार्यलाई फराकिलो बनाइनुपर्नेमा जोड दिनुभयो । 

    जनस्वास्थ्य, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा भएको दुई दिने गोष्ठीमा महामारी, सङ्क्रमणजन्य रोग नियन्त्रण, आपत्कालीन जनस्वास्थ्यको प्रभावकारिता तथा अन्तर निकायबीचको समन्वय र सहकार्यबारे आगामी रणनीति तयार गरिने जनाइएको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend