Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपालमा ५० बर्षभन्दा माथिका २० प्रतिशत जनसंख्यामा दृष्टि सम्बन्धी समस्या


२३, असोज २०८०
  • 157
    SHARES
  • नेपालमा ५० बर्षभन्दा माथिका २० प्रतिशत जनसंख्यामा दृष्टि सम्बन्धी समस्या

    काठमाडौँ । नेपालमा ५० बर्षभन्दा माथिका जनसंख्याको २० प्रतिशत जनसंख्यामा दृष्टि कमजोर रहेको पाइएको छ । विश्व दृष्टि दिवसका सन्दर्भमा मंगलबार काठमाडौंमा गरेको एक कार्यक्रमको आयोजना गर्दै तिलगंगा आँखा प्रतिष्ठानले पछिल्लो अनुसन्धान अनुसार नेपालमा ५० बर्षमाथिका २० प्रतिशतमा दृष्टि कमजोर पाइएको जनाएको हो ।

    त्यस्तै दृष्टिबिहिन गराउने रोगहरुमा मोतिविन्दु नै पहिलो कारण रहेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा चिकित्सकहरुले चश्माको जाँच तथा प्रयोग प्रयाप्त नहुनाले गर्दा दृष्टिदोष मुख्य समस्याका रुपमा रहेको समेत जानकारी दिएका छन् ।

    पुरुषको तुलनामा महिला दृष्टि बिहिनता बढेको र नेपालको अपाङ्गताहरुमा दृष्टिगत अपाङ्गता मुख्य रहेको तिलंगगा अस्पतालका डा. सृजना अधिकारीले बताउनुभयो । ५ जना दृष्टिबिहिन बालबालिका मध्ये उपचार पाए ४ जनाको दृष्टि फिर्ता ल्याउन सकिने भएपनि समयमा नै उपचार हुन नसकेको उहाँले बताउनुभयो । 

    त्यस्तै तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ नेत्र विशेषज्ञ डा. रिता गुरुङले अहिले मुलुकभरका स्वास्थ्य संस्थामा आँखा सम्बन्धी चिकित्सकहरुको कमी नभएको बताउनुभयो ।

    अक्टोबर महिनाको दोेश्रो विहिबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै प्रतिष्ठानले विश्व दृष्टि दिवस मनाउदै आएको छ । यस वर्षको विश्व दृष्टि दिवस “कार्यस्थलमा आँखालाई माया गरौं” भन्ने नारा सहित मनाइदै छ । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend