Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आर्थिक मारमा होटल ब्यवसायी, घरभाडा छुटको अपिल 


१४, जेठ २०८०
  • 255
    SHARES
  • आर्थिक मारमा होटल ब्यवसायी, घरभाडा छुटको अपिल 

    बुटवल । आर्थिक समस्याको वर्तमान समयमा रुपन्देहीका होटल ब्यवसायीहरुले घरधनीलाई भाडा छुटको अपिल गरेका छन । आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले दुई वर्षदेखी कोभिड १९ संक्रमण र अहिले आर्थिक मन्दीका कारण समस्यामा परेको होटल ब्यवसायीहरुलाई घरबहाल छुट गर्न आग्रह गरेका हुन । संस्थागत पहलमा १४ जना घरधनिबाट २०–४० प्रतिशतसम्म छुट प्राप्त भएको बताए ।

    जटिल अवस्थालाई मध्येनजर गरि घर बहाल छुट गर्ने, बैकका ब्याजदर कम गर्ने र मुख्य घरभाडा कानुन निर्माणमा जोड दिनुपर्ने उनले बताए । रुपन्देहीमा रहेका मध्ये ९० प्रतिशत भाडामा रहेका छन । हाल संघमा १ हजार २ सय ३ जना ब्यवसायीहरु संघमा आवद्ध छन। जहा ५ हजार जनाले रोजगार पाएका छन । बुटवलबाट अस्थाई राजधानी सर्नु, अन्तरास्ट्रिय सम्मेलन केन्द्र, अन्तरास्ट्रिय विमानस्थल संचालन नहुनुजस्ता ब्यापार ब्यवसायमा गिरावट आएको बताए । 


    यसैबिच संघको पहिलो बैठकबाट पत्रकार स्वस्तिक श्रेष्ठलाई प्रेस सल्लाहकारमा मनोनित गरेको छ । कार्यक्रममा होटल ब्यवसायी घरबहाल ब्यवस्थापन समितिका संयोजक तथा प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले ब्यवसायीलाई दैवीप्रकोप लगायतका कठिनाईमा संस्थाबाट सहयोग गर्दै आएको बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा १ हजार २ सय ४७ वटा पर्यटक होटल  रहेको बताए । यसमध्ये १८ हजार ७ सय ५ रुमहरुमा २८ हजार ५७ बेडहरु छन ।

    टाईगर, पवन प्यालेस र सिद्धार्थ भिल्लासा पाचतारे ३ वटा होटल छन । चारतारे बुद्घ माया, कसाई र ड्रिमल्याड रिसोर्ट गरि ३ वटा र तीन तारे १२–१५ वटा छन । अर्कोतर्फ ए लेभलका ३ सय होटलहरु छन । बाकि बजेट र डाउनटाउन लेभलका होटल छन । पर्यटन क्षेत्रमा कुल ३० खर्ब भन्दा बढि लगानी रहेको उनले दाबी गरे । ठुला होटलहरु बाहिरी पर्यटन लक्षित थिए भने राजधानी लक्षित गरे बनाईएका होटलहरु जहाँ सेमिनार, गोष्ठी शून्य हुदा पर्यटन ब्यवसाय ठप्प छ । संचालन खर्च समेत चलाउन नसक्ने अवस्था छ ।

    वार्षिक २–३ अर्ब क्षति ब्यहोर्नुपर्ने अवस्था भएको हो । नाटासंग सहकार्यमा टुर प्याकेज चलाउने तयारीमा आफुहरु रहेको उनले बताए । 
    कार्यक्रममा संघका महासचिव अर्जुन थापाले होटल ब्यवसायको भाडा न्युनिकरणबाट टिकाउने पहिलो चरणको अभियान भएको बताए । योसंगै ब्यवसाय प्रवद्घर्नका कार्यक्रमहरु चलाउने तयारीमा रहेको उनले बताए । 

    कार्यक्रममा घरधनि रबिलाल पोखरेलले धेरै ब्यवसायीहरु पेशा छोड्न मनसायमा देखिएको बताए । खानाको गुणस्तर, बसाईको लम्ब्याउने जस्ता अभियान चलाउन जरुरी रहेको उनले बताए । भौतिक पुर्वाधार अधुरो, उपभोक्ताको क्रयशक्तिमा ह्यास आउनु जस्ता कारण पनि यसकाप्रत्यक्ष प्रभाव परेको उनले बताए ।

    बुटवल उपमहानगरपालिका वडा नं ९ का वडा सदस्य भरत पुरीले ब्यवसायहरुबाट दबाब दिने र सरकारबाट नितिगत रुपमा आवश्यक पहल जरुरी रहने बताए । 

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend