Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पर्यटन प्रवर्द्धन गर्न काठमाडौं महानगर र होटल संघबीच छलफल


२५, असोज २०८०
  • 246
    SHARES
  • पर्यटन प्रवर्द्धन गर्न काठमाडौं महानगर र होटल संघबीच छलफल

    काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि होटल संघ नेपालले काठमाडौं महानगरपालिकासँग छलफल गरेको छ। संघका अध्यक्ष विनायक शाहको नेतृत्वको टोलीले बिहीबार महानगरका मेयर बालेन्द्र शाहसँग छलफल गरेको हो।

    छलफलका क्रममा संघका अध्यक्ष शाहले पर्यटन उद्योगमा गरिनुपर्ने दूरगामी महत्वका योजनाहरू प्रस्तुत गर्नुभयो। मुलुकलाई पर्यटनमार्फत् समृद्धि हासिल गर्न सकिने प्रमुख उद्योग पर्यटन रहेको हुँदा अन्तर्राष्ट्रिय अभ्यास र पर्यटनको क्षमतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रचारमुखी कार्यक्रम तय गर्न आवश्यक रहेको अध्यक्ष शाहले बताउनुभयो ।

    प्रचुर पर्यटकीय सम्भावना र क्षमता अभिवृद्धि गर्न साथै पर्यटनमार्फत् राष्ट्रिय गरिमा समेत अन्तर्राष्ट्रिय जगतमा पुर्‍याउने लक्ष्य राखी नेपालमा अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सम्बन्धमा पनि गहन छलफल भएको छ।

    महानगरका प्रमुख बालेन शाहले संयुक्त बैठक बसेर आवश्यक कार्ययोजना तय गरिने सम्बन्धमा सकारात्मक रहेको बताउनुभयो। पर्यटन प्रवर्द्धनमा महानगरले तयार पारेका विभिन्न कार्यक्रमहरू नदोहोरिने गरी कार्यान्वयन गर्ने पनि उल्लेख गर्नुभयो ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend