Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पुरानै उपकरण र प्रकृयाले गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्दैनौं : स्वास्थ्य मन्त्री खनाल


२८, असोज २०८०
  • 995
    SHARES
  • पुरानै उपकरण र प्रकृयाले गुणस्तरीय स्वास्थ्य सेवा दिन सक्दैनौं : स्वास्थ्य मन्त्री खनाल

    रोल्पा। लुम्बनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले रोल्पा अस्पताल रेउघामा गुणस्तरीय स्वास्थ्य सेवा दिने गरि व्यवस्थापन गर्ने बताउनु भएको छ। ५० शैयाको आधुनिक सेवा प्रदान गर्ने गरी निर्माण भएको नव निर्मित रोल्पा अस्पतालको भवन र अस्पतालको सेवा प्रवाहको निरिक्षण तथा अनुगमनको क्रममा मन्त्री खनालले उक्त कुरा बताउनु भएको हो।

    रोल्पा अस्पतालमा डक्टरहरुको अभाव भएको कुरा आफूले सुनेको र आफै अनुगमनमा आएको स्वास्थ्य मन्त्री खनालले प्रतिक्रिया दिनुभएको छ । अवलोकनका क्रममा रोल्पा अस्पतालले आयोजना गरेको एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले रोल्पा अस्पतालबाट आधारभूत सेवा दिनका लागि आवश्यक पर्ने जनशक्ति र उपकरणको सुची मन्त्रालयलाई उपलब्ध गराउन समेत आग्रह गर्नुभयो । 

    करार पदपुर्तिका लागि प्रदेशले नै ब्यवस्था गर्ने गरी ल्याएको ऐनका कारण रोल्पा अस्पताल लगायत प्रदेश भरिका अस्पतालहरुमा थप जनशक्तिको अभाव भएकाले त्यसलाई न्युनिकरण गर्नका लागि सम्बन्धित अस्पतालहरुले नै करार पदपुर्ति गर्ने गरि करार ऐन संशोधन गरेको उहाले जानकारी दिनुभयो।मन्त्रालयका कर्मचारीहरुलाई मन्त्री खनालले करार पदपुर्ति स्वयम स्वास्थ्य सस्थाहरुले गर्नका लागि परिपत्र गर्न समेत निर्देशन दिएको प्रतिक्रिया दिनुभयो । 

    उहाँले बदलिदो परिवेशमा स्वास्थ्य क्षेत्रमा पुरानै भौतिक संरचना, पुरानै दरबन्दी, पुरानै उपकरण र पुरानै प्रकृयाले सेवा दिदा गुणस्तरिय स्वास्थ्य सेवा दिन नसकेको स्विकार्नुभयो।मन्त्री खनालले नयाँ भौतिक संरचना,दरबन्दीको पुनरसंरचना गरि डिजिटल प्रविधि र उपकरणको प्रयोग गरि  गुणस्तरीय सेवा दिन आफुहरु लागि परेको बताउनुभयो । 

    लुम्बिनी प्रदेशका पहाडी अस्पतालहरुमा कार्यरत डाक्टरहरुलाई थप प्रोत्साहन रकम दिनका लागि प्रदेशले कार्यविधि बनाइरहेको मन्त्री खनालले बताउनुभयो । उहाँले हिजोको आवश्यकताको आधारमा गरिएको डिजाइन र आजको आवश्यकतामा गरिने डिजाइनमा मेल नभएको कारण पनि केही प्राविधिक समस्या रहेको बताउनुभयो । 

    रोल्पाको अस्पतालबाटै रोल्पाली जनताले सबै सेवा सुविधा उपलब्ध गराउने गरी प्रदेश सरकार अगाडी बढेको जनाउदै स्थानीय सरकारलाई भौतिक विकास भन्दा पनि नागरिकको स्वास्थ्य क्षेत्रको विकासमा गम्भिर भएर लाग्न आग्रह गर्नुभयो ।  

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend