Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गणतन्त्र दिवसको अबसरमा सियारीमा बृृक्षारोपण 


१५, जेठ २०८०
  • 202
    SHARES
  • गणतन्त्र दिवसको अबसरमा सियारीमा बृृक्षारोपण 

    सियारी । गणतन्त्र दिवसको अवसरमा रुपन्देहीको सियारी गाउँपालिकाले बृहत रुपमा बृक्षारोपण कार्यक्रम गरेको छ । गाउँपालिकाले बेथरी बेलबास सडक खण्डको अमुवा क्षेत्रमा नहरको दुवै तर्फ बृक्षारोपण गरिएको हो । 

    सडकलाई सुन्दरीकरण गर्ने पालिकाको योजना अनुसार अमुवा टोल बिकास सस्थाको संयोजनामा बृक्षारोपण गरिएको पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले पालिकालाई सुन्दरकरण बनाउने योजना अनुसार बृक्षारोपण शुरु गरिएको बताए । 

    अमुवा क्षेत्रबाट शुरु गरिएको बृक्षारोपण कार्यलाई निरन्तरता दिदै बेथरी बेलवास सडक खण्ड अन्तरगत सियारीमा पर्ने सडकको दुबै तर्फ बृक्षारोपण गरी सुन्दरीकरणमा बिशेष ध्यान दिने बताए । 
    पालिकाले कल्की, तेजपत्ता, गुलमोहर, धुपि, सुपारी लगाएतका ५०० बिरुवाहरु रोपिएको प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले बताए । उनले अमुवा क्षत्रेको झण्डै सवा किलोमिटर क्षेत्रमा बृक्षा रोपण गरिएको र रोपिएका बिरुवाको शंरक्षण स्थानियको सहयोगमा पालिकाले गर्ने उल्लेख गरे ।

    अमुवा टोल बिकास सस्थाका अध्यक्ष शिबकुमार अग्रहरीले रोपिएका बिरुवाको शरक्षणमा आफुहरुले बिशेष ध्यान दिने बताए । बृक्षारोपण कार्यक्रममा पालिकाका उपाध्यक्ष तारा थारु सहित पालिकाका बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, स्थानिय संघसस्थाका प्रमुख तथा प्रतिनिधि, बैंक  तथा बित्तिय सस्थामा प्रतिनिधि, बिद्यार्थी लगायतको उपस्थितिमा बृक्षारोपण गरिएको थियो । 

    a.jpg
    3.jpg

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend