काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणको विषयमा प्रतिनिधिसभालाई जानकारी गराएका छन् । सोमबार साँझ बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस पटकको भ्रमणमा जलविद्युत निर्यातको आधार तयार गर्ने जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले यसपालिको भारत भ्रमण नेपालको हितमा हुने दाबी गर्दै भारतीय लगानी भित्र्याउनेमा आफू ढुक्क नभएको जिकिर गरे । उनले नेपाल भारत सहकार्यका लागि जलविद्युत महत्वपूर्ण विषय हो भन्दै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका साथै महाकालीको पानी समान र साझा रुपमा वितरण हुने गरी छलफल गरिने बताए ।
भ्रमणका क्रममा भारतको इन्दोरमा फोहोर व्यवस्थापन परियोजनाको अवलोकन गर्ने बताए । त्यस्तै त्यहाँको आईटी पार्कको अवलोकन पनि गर्ने जानकारी दिए ।