Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

करिब ३० लाख बराबरको काम ८ घण्टामै गर्न सक्छौं :अध्यक्ष बुढा मगर


३०, असोज २०८०
  • 172
    SHARES
  • करिब ३० लाख बराबरको काम ८ घण्टामै गर्न सक्छौं :अध्यक्ष बुढा मगर

    रोल्पा । परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले करिब ३० लाख बराबरको काम ८ घण्टामा गर्न सकिने बताउनु भएको छ। "श्रम डे"  मनाउने सन्दर्भमा पत्रकार सुर्य प्रकाश बुढा मगरसँगको कुराकानीमा उहाँले सो कुरा बताउनु भएको हो।

    परिवर्तन गाउँपालिकाको आयोजनामा "श्रममा सम्मान" भन्ने मूल नारा सहित कार्तिक १ गते बुधबारका दिन "श्रम डे" मनाउने  अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो । उहाँले आम परिवर्तन गाउँपालिका बासी,जनसमुदायहरु,कर्मचारी,शिक्षक,व्यापारी लगायत सबैलाई यो अभियान सफल बनाउन आग्रह गर्नुभयो । 

    कार्त्तिक (१ गतेका दिन बुधबार बिहान ९ बजेदेखि बेलुका ५ बजे) सम्म ८ घण्टा काम गर्ने हिसाबले तपाईंहरु जुत्नु हुनेछ भन्नेमा आफू विश्वस्त रहेको बताउदै उहाँले भन्नुभयो : त्यो ८ घण्टा हामी आफैंले गरेर हुने हो,कसैले गरेर हुँदैन संघीय,प्रदेश सरकारको मुख ताक्ने होइन  स्थानीय सरकारको स्रोत साधनले भ्याएसम्म काम गरौं विकास,समृद्धि  हुने कुरामा म ढुक्क छु । 

    "श्रम डे" सँग सम्बन्धित रहेर परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरसँग पत्रकार सुर्य प्रकाश बुढा मगरले लिनुभएको संवादका केही अंश :

    १) "श्रम डे"  किन मनाउने निर्णय  कहाँ र कहिले भयो ?
    "श्रम डे" चाहिँ वास्तवमा हामीले निर्णयको हिसाबले परिवर्तनको गाउँपालिकाको कार्यपालिकाको निर्णयले २०७९ असोज २४ गते गरेको थियो । किन गरेको भन्दा आफ्नो गाउँपालिका आफैं बनाउने कुरा हो,कसैले बनाइ दिन आउँछु भनेर हुँदै,परिवर्तन गाउँपालिकाको विकास,परिवर्तन गाउँपालिकाको समृद्धि बनाउने भनेको हामी आफैं हो।

    किनकि परिवर्तन गाउँपालिका तपाईं हामी सबै यहाँका पालिकाबासी लागौं भने त्यो सम्भावना छ भने हिसाबले यो निर्णय गरेको पहिलो कुरा भएको परिवर्तन गाउँपालिकाका अध्यक्ष बुढामगर भने।दोस्रो कुरा हामीले किन गरेका हौं भन्दा तपाईं हामीलाई थाहा छ।अहिले मानिसले के गर्छ भन्दा खेरि खेतबारीमा काम गर्ने अर्थात् त्यो किसान हुन्छ नि जसले श्रम गर्छ।श्रम गर्नेको आधारमा हामी बाँची रहेका हुन्छौं। जस्तै अहिले सरकारमा छु अहिले सरकारको प्रमुखको हिसाबले भोलि गर्ने क्रममा मैले खाने अनाज उत्पादन गरेको हुन्छ नि त्यो के हो त भन्दा खेतबारीमा कुटो र कोदाली,हलोह बाट उत्पादन गरेको आन्न नै खाइरहेको हुन्छु।

    ती उत्पादन गर्ने मानिसलाई कहिँ न कहिँ हेलाँ गरेको जस्तो तिनीहरूलाई अपमान गरेको जस्तो गरिन्छ।त्यसैले त्यो आधारमा के हो भन्दा जून खालको भिन्नता छ।त्यो लाई हामीले सकेसम्म त्यो भिन्नतालाई हटाउन पर्दछ।सबैले के हो त भन्दा खेतबारीमा काम गर्ने मान्छेले कुटा र कोदालो खन्ने मानिसलाई सम्मान गर्नुपर्छ भन्ने संस्कारको विकास गर्नको लागी यो काम गर्न खोजेको छ ।अर्को कुरा के हो भन्दा हामीले यसो गर्दा के हुन्छ भन्दा खेरि परिवर्तन गाउँपालिकाको हकमा हामीले बर्षमा एक पटक कार्त्तिक महिनामा मनाउने निर्णय गरेका छौँ।यो बर्षमात्र होइन हरेक बर्षको कार्त्तिक महिना  हामीले यसलाई पर्वको रुपमा परिवर्तन गाउँपालिकाको शानको रूपमा गौरवको रूपमा यो "श्रम डे" मनाउछौं  ।

    २) श्रम भनेको के हो ? यो दिनमा के-के हुन्छ ?
    "श्रम डे" भनेको केहि नभएर हामी सरकारको मान्छे जनप्रतिनिधिहरुको नेतृत्वमा ८ घण्टा कार्त्तिक १ गते काम गर्न जाने भनेको हो।के हुन्छ भन्दा हामीले भनेका छौँ,वडा पालिका र टोल विकास संस्था बीचमा छलफल गरेर टोल विकास संस्थामा के आवश्यकता छ त सडक मर्मत गर्नुपर्ने हो कि,त्यहाँ घोरेटो बाटो निर्माण गर्ने हो कि,त्यहाँ गोरेटो बाटो निर्माण गर्ने हो कि,त्यहाँ खानेपानी मर्मत गर्नुपर्ने हो कि,त्यो  छनोट र योजना  चाहिँ टोल विकास संस्थाले गर्ने,वडा कार्यालयले त्यसको संयोजन गर्ने गरेर त्यहीँ टोल विकास संस्थामा जनप्रतिनिधिको नेतृत्वमा त्यो काम गर्छौं ।

    ३)श्रमको उपलब्धि र चुनौती के छन् ?
    श्रमको उपलब्धिको हिसाबले हेर्दा खेरि मैले परिवर्तन गाउँपालिकाको पहिलो चरणमा मात्र हामीले आह्वान गर्दा खेरी मात्र पनि अहिले सम्मको अवस्था आउँदा खेरी परिवर्तन गाउँपालिकाको आर्थिक लगानीमा हुने करिब ३० लाख रुपियाँ हुने कामहरु हामी ८ घण्टा परिवर्तन गाउँपालिका बासी,हामी परिवर्तन गाउँपालिका वडा बासीले गर्ने देखिन्छ।अनि भने पछी अर्को कुरा के हो त भन्दा खेरी चुनौती के हो ? भन्दा खेरी ओपनिङ्को हिसाबले एउटा कुरा के हो त भन्दा खेरी हामी बजेटको हिसाबले ३० लाख बराबर परिवर्तन गाउँपालिकाले खर्च गर्नुपर्ने हामी श्रमजीवीको रूपमा काम गर्दा खेरी त्यो कुरा मेन व्यवस्थापन हुने कुरा भयो।

    अर्को कुरा गाउँपालिकाले खर्च गर्नुपर्ने देखिएन्न।दोस्रो कुरा के हो त भन्दा खेरी सुरुमा भनेको थिए।जो काम नगरेर खाने अर्थात् हामी काम चोर भन्छौं।तिनीहरूलाई सम्मान गर्ने संस्थाको अन्त्य गर्छौं र कुटो र कोदालो अर्थात् ८ घण्टा काम गरेर जून खालको बाँच्ने आधार बनाउने त्यस्ता खालका मानिसलाई मजदुर अर्थात् किसानलाई सम्मान गर्नुपर्छ भन्ने  विकासको लागि यो लाई लिएको छ।चुनौती के छ भन्दा खेरी हामीले पहिलो पटक काम गर्दैछौं।

    होइन मानिसको बुझाई के छ भन्दा खेरी होइन हामी त खेतबारीमा काम गरिरहेको मान्छे काम नगर्ने हरुको लागि होरुयो लाग्न सक्छ होरुकाम गरीराखेका छौँ तर सरकारको आह्वान एकैपटक परिवर्तन गाउँपालिका बासीहरुलाई एकैपटक आह्वान गरेर जुरुक्क उठाएर काम गराउने अवस्थामा चाहिँ के हुन सक्छ भन्दा यो त चुनौती हुने भयो।अर्को कुरा यसको काम चोरेर खाने ती साथीहरुलाई के हुने भयो भन्दा ओहो हामी त काम गर्नुपर्छ ठिकै गराएको हो सरकारले गाउँपालिकाको अध्यक्षले काम गरायो भन्ने हिसाबले नकारात्मक प्रचार गर्न सके सामान्य केहीँ चुनौती जस्तो देखिन्छ।त्यस्तो चुनौती केही देखिदैन,मुख्य कुरा भनेको उपलब्धि नै हुन्छ।

    ४) यसको निरन्तरता आगामी दिनमा पनि हुन्छकी यो बर्ष मात्र हो ?
    अब मेरो कार्यकाल अथवा हामी  अहिले निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिसके पछी के गर्नु हुन्छ।त्यो मलाई थाहा भएन्न।अर्को सरकार बनेपछि प्रमाणित गर्ने कुरा हो।तर हामी हुँदा सम्म यो बर्षमात्र होइन कि हरेक बर्षको एक दिन कार्त्तिक ४ गतेलाई "श्रम डे"  मनाउने गरि प्रत्येक बर्ष गर्ने गरि हामीले बनाएका छौँ छोड्ने भन्ने चाहिँ हुँदैन ।

    ५) तपाईं परिवर्तन गाउँपालिकाको अध्यक्ष भएर आइसकेपछि प्रमुख उपलब्धि के- के भए ?
    परिवर्तन गाउँपालिकाको अध्यक्ष निर्वाचित भइसकेपछि पहिलो कुरा भनेको २०७९ बैशाख ३० गते निर्वाचन सम्पन्न भएको थियोे।त्यसपछि मैले पदभार ग्रहण गरेको थिए।जेठ ०८ गते पदभार ग्रहण गरेको थिए।आर्थिक बर्ष २०८०र०८१ को कार्यक्रमलाई कार्यान्वयन गर्ने गरियो र समय सिमा भित्रनै गाउँपालिकाले नीति,कार्यक्रम तथा बजेट ल्याउन सफल भएको छ।दोस्रो कुरा के हो भन्दा खेरी हामीले जून जनताको गुनासो सुन्ने कुरा हुन्छ।

    हामीले सार्वजनिक सुनुवाइको माध्यमबाट हामीले स्थानीय तहको सरकारले सेवा प्रवाह गर्ने क्रममा त्यस्तै तपाईंहरु कतिको सन्तुष्टि हुनुहुन्छ भन्ने हिसाबले एउटा हामीले सार्वजनिक सुनुवाइ सम्पन्न गरियौं।अर्को के हो त भन्दा खेरी सार्वजनिक सुनुवाइका कुरा मात्र होइन कि जून त्यो सेवा ग्राहिहरु,जनताहरु,नागरिक कतिको सन्तुष्टि छन् त भन्ने हिसाबले हामीले कस्तो सेवा प्रवाह गरियौं त भन्ने सवालमा नागरिक सन्तुष्टि सर्वेक्षण फार्म भर्न लगाइम त्यसले सुशासनलाई कायम गर्छ।

    तेस्रो कुरा के हो भन्दा खेरी हामीले बजेट निति कार्यक्रम बनाउँदा खेरी सकेसम्म सबैलाई सहभागी हुने गरि चाहिँ हामीले सबैको लगभग प्राथामिकरण गर्दै जाने क्रममा सबैको सहभागिता हुने गरी बजेट,निति तथा कार्यक्रमको  शिक्षा सवालमा होस् ,स्वास्थ्यको सवालमा होस्,चाहे कृषिको सवालमा होस्,पूर्वाधारको सवालमा होस् हरेक क्षेत्रमा हेर्दा खेरी बजेट,नीति तथा कार्यक्रम जनमैत्री अर्थात् लोकप्रिय बजेट अर्थात् जनताको पक्षमा हामी बजेट बनाउन सफल भएको छौँ।

    चौथो कुरा के हो त भन्दा मैले भनेको छु,सुशासनलाई राम्रो बनाउनलाई चाहिँ के हुनुपर्छ भन्दा सेवा ग्राहीहरु सन्तुष्टि हुनुपर्छ।त्यो भने परिवर्तन गाउँपालिकामा हामीले सिधै प्रमुख प्रशासकीय अधिकृतसँग कार्यसम्पादन मुल्यांकन सम्झौता,करार सम्झौता गरेका छौँ।यो मा के भन्ने गर्दछन भन्दा खेरी सेवा सुविधा मुस्कान सहितको हुनुपर्छ है।सेवा ग्राही आउँदा खेरी परिवर्तन गाउँपालिकाको यो शाखामा जाँदा हप्काए,मलाई गाली गरे,यो भएन्न त्यो भएन्न भन्दा पनि लौँ है त्यहाँ गएको बेला राम्रो भयो।त्यो खालको काम गर्नुपर्छ भन्ने हाम्रो सुरुवात भएको छ।

    पाँचौ कुरा के हो त भन्दा बैंकमा कहिलेकाही ढिलासुस्ती थियो कहिले बढी थियो,अहिले कम भएको छ,यो हेर्दा चाहिँ हामीले सुशासनको क्षेत्रलाई हेर्दा खेरी अनि पूर्वाधारको क्षेत्रमा हेरिरहनु भएको छ हामीले जेसिवी खरिद गरि सञ्चालनमा ल्याएका छौँ।अहिले पनि हाम्रो मेसिनले बाटो खोल्ने गरेर अगाडि बढेको छ यसलाई उपलब्धिको रूपमा लिनुपर्छ ।

    ६) गाउँपालिकाको आगामी योजना के-के रहेका छन् ?
    आगामी गाउँपालिकाको योजनाको हिसाबले पहिलो कुरा भनेको शिक्षालाई निस्शुल्क बनाउनु पर्छ भन्ने हिसाबले हामी लागेका छौँ।बैशाख देखि जून विद्यार्थी भर्ना शुल्क हुन्छ।त्यसपछि शिक्षक पाल्ने शुल्क उठाउने हुन्छ।त्यो न उठाउने गरि विद्यालय एक मुस्त अनुदान दिने गरि  हामी कार्यान्वयनको पक्षमा अगाडि बढेका छौँ।त्यसैले हामी शिक्षालाई निस्शुल्क बनाउने तर्फ गएका छौँ पहिलो कुरा शिक्षाको हिसाबले।दोस्रो कुरा प्लस तु साइन्स,गणित र अंग्रेजी पढ्नको लागि त्यो खालको योग्यता भएका छात्र छात्राको लागि चाहिँ छात्रवृत्तिको व्यवस्था गरेका छौँ।

    तेस्रो कुरा  एमबीबीएस र ब्याचलर सम्मको कृषि र पशु अध्ययन गर्ने छात्र छात्राको लागि इस्कलर सिपको व्यवस्था गरेका छौँ भने हामीले शिक्षा क्षेत्रमा राम्रो बनाउनको लागि के हो त भन्दा खेरी विद्यार्थी र शिक्षकले मात्र चाहेर हुँदैन,अभिभावकको भूमिका पनि त्यतिकै हुन्छ है भन्ने कुरालाई मध्यनजर गर्दै स्कुल स्कुलमा,परिवर्तन कार्यक्रम लागु गर्ने छौँ।स्वास्थ्य तर्फ  १५ शैया हस्पिटल चप्कामा निर्माणाधीन अवस्थामा रहेको छ।त्यसलाई यथाशीघ्र त्यो भवनलाई सम्पन्न गरि आफ्नै कार्यकालमा सेवा प्रवाह गर्ने गरि प्राथमिकतामा राखिएको छ।

    आधारभूत स्वास्थ्य केन्द्रलाई राम्रो बनाउनलाई जहाँ जनशक्ति अभाव छ त्यसलाई पदपूर्ति गर्ने  व्यवस्थापन पक्षलाई राम्रो बनाउने पक्षमा छौँ।६० बर्ष माथीका र ७० बर्ष माथी काटेका जेष्ठ नागरिकको लागि प्रदेश सरकारले कार्यक्रम बनाएको थियोे भने जति पनि ६० र ७० बर्ष काटेका जेष्ठ नागरिक छन् उनीहरूको लागि स्वास्थ्य चेकजाँचको व्यवस्थापन गर्ने स्वास्थ्यमा रहेको छ।अर्को परिवर्तन गाउँपालिकाको गौरवको आयोजना भित्र जून व्यवस्था बदलिँयो व्यवस्था बाट बलिदान गरे तिनै शहिदहरुको लागि चाहिँ सम्मानको लागि चाहिँ शहिद स्मारक निर्माण गर्ने भनेका छौँ,त्यसको लागि बजेटको व्यवस्था गरेका छौँ र तिनका परिवारका लागि चाहिँ रोजगारमा जोड्ने गरि रोजगार विषेश कार्यक्रम सञ्चालन गर्ने गरि हामीले त्यो खालको बजेटको व्यवस्थापन गरेका छौँ भने अर्को युवाहरूको लागि जून युवाहरु वैदेशिक रोजगारमा जाने युवाको संख्या कति छन् त्यसलाई घटाउने गरेर काम सुरु गर्नुपर्छ भनेर हामीसँग भएको स्रोत र साधनको प्रयोग गरेर युवामा रोजगारको आकर्षण कार्यक्रम त्यो खालको बजेट व्यवस्थापन गरेर सञ्चालन गर्न खोजीरहेका छौँ।

    पूर्वाधार तर्फ भनीसके हामीले आगामी दिनहरूमा गाउँपालिकाबाट वडा कार्यालय जाने बाटोलाई लिमिड गर्ने कुरा,ग्राबील गर्ने कुरा,सुलिङ गर्ने कुरा,त्यसपछि गाउँपालिका क्षेत्र भित्र हाम्रै कार्यकालमा कालोपत्रे गर्ने गरी त्यो खालको योजना बनाएर अगाडि बढेका छौँ।त्यो खालको कार्यक्रम समावेश गरेर अगाडि बढेका छौं।कृषि तर्फ जून उत्पादन छ,उत्पादनलाई बजारको जून ग्यारेन्टीको कुरा एकातिर बिक्री भएन्न अर्कोतिर उत्पादन गरेको कुरा बिक्री गर्दा हामीले मुल्य पाएनौं,त्यो कुराको अन्त्य गर्ने गरि हामीले कामलाई अगाडि बढाएका छौँ र हाम्रो पाँच बर्षे कार्यकालमा यहाँका किसानहरु र जनताहरुलाई अनुभूति गराउनको लागि निर्वाचित गराएका जनताहरुले यस्तो खालको काम गरे है भन्ने अनुभूति बनाउने सोच बनाएका छौँ ।

    ७) अन्त्यमा मैले सोध्न छुटाएको र केही भन्नु पर्ने कुरा छ भने राख्न सक्नुहुन्छ ?
    पहिलो कुरा त म हजुरलाई धन्यवाद दिन चाहन्छु। परिवर्तन गाउँपालिकाको आह्वान,श्रममा सम्मानूभन्ने मूल नारा सहित कार्त्तिकको १ गते हामीले "श्रम डे" मनाउने गरेर परिवर्तन गाउँपालिकाको गौरवको हिसाबले त्यसमा आम परिवर्तन गाउँपालिका बासी,जनसमुदायहरु,कर्मचारी,शिक्षक,व्यापारी लगाएतले त्यो अभियानलाई,परिवर्तन गाउँपालिकाको शानलाई सहयोग गर्ने गरि कार्त्तिक १ गते बुधबार ९ बजेदेखि ५ बजेसम्म ८ घण्टा काम गर्ने हिसाबले तपाईंहरु जुत्नु हुनेछ।

    किनकि त्यो ८ घण्टा हामी आफैंले गरेर हुने हो,कसैले गरेर हुँदैन।राज्यको मात्र होइन संघ सरकार,प्रदेश सरकारको मुख ताक्ने होइन कि स्थानीय तहको सरकारको स्रोत साधनले भ्याएसम्म के काम गर्ने,त्यो मा श्रम मिसायौं भने समृद्धि  हुन्छ भन्ने लागेको छ।त्यसैले सबैले सहयोग गर्नु हुनेछ भन्ने चाहन्छु ।

  • ‘देवदह खोज्दा भेटिएको बुद्धकाल’ : इतिहास, पुरातत्व र स्मृतिको यात्रामा डा. कृष्णप्रसाद न्यौपाने

    बुद्धकालीन देवदहको इतिहास, मंगलपुष्करिणीको खोज, रोहिणी नदी, पुरातात्त्विक सम्पदा, पर्यटन सम्भावना र अनुसन्धान यात्राबारे डा.कृष्णप्रसाद

  • कांग्रेसको एकता बिना लोकतन्त्र बलियो हुन सक्दैन : गगन थापाको नेतृत्व र देउवाको अभिभावकत्व

    नेपाली कांग्रेस यतिबेला एउटा राजनीतिक दलभित्रको सामान्य आन्तरिक विवादको अवस्थामा मात्र छैन। पार्टीभित्र विकसित पछिल्ला

  • जेन्जी आन्दोलनको एक वर्ष : सरकार ढल्यो, राज्य बदलियो त?

    ७६ सहिदको बलिदानपछि पनि उही प्रश्न-सरकार परिवर्तन भयो, तर शासनशैली र राज्य संयन्त्र कति बदलियो? गोविन्द

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend