Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न नयाँ भवन


३, कात्तिक २०८०
  • 141
    SHARES
  • भरतपुर आँखा अस्पतालको सुविधासम्पन्न नयाँ भवन

    चितवन । भरतपुर आँखा अस्पतालले सुविधासम्पन्न नयाँ भवन निर्माण गरेको छ । रु १४ करोड लगानीमा नयाँ सुविधासम्पन्न भवन निर्माण भएको हो । रु २० करोड लागत अनुमान गरिएको भवन रु १४ करोडमा निर्माण सम्पन्न गरिएको अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं भवन निर्माण समितिका संयोजक चिजकुमार मास्केले बताउनुभयो ।

    उहाँले भरतपुर आँखा अस्पतालको रु छ करोड, नेत्रज्योति सङ्घको रु एक करोड र अन्य रकम दाताबाट चन्दा सङ्कलन गरेर भवन निर्माण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला लागत अनुमानमा आधुनिक शल्यक्रिया कक्ष थिएन, पछि थप गर्‍यौँ ।” शल्यक्रिया कक्ष निर्माण गर्दा थप रु दुई करोड खर्च भएको उहाँले जानकारी दिनुभयो ।
     
    नेपाल नेत्रज्योति सङ्घका सभापति एवं अस्पतालका अध्यक्ष जयराम श्रेष्ठका अनुसार तीन तले उक्त भवनमा शल्यक्रिया कक्ष, ओपिडी (बहिरङ्ग विभाग), बाल उपचार कक्ष (पेडियाट्रिक वार्ड) सञ्चालन हुनेछ । अस्पताललाई आवश्यक उपकरण भने हेल्पिङ हेण्ड संस्थाले दिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हेल्पिङ हेण्डसँग ७२ प्रकारका उपकरण माग गरेका छौँ, ती सामग्री छिट्टै आउँदैछन्”, ती उपकरण ल्याउने ढुवानी भाडा र भन्सार भने आफूहरुले तिर्नुपर्ने उहाँको भनाइ छ ।
     
    तिहारलगत्तै नयाँ भवनबाट सेवा सुरु हुने उहाँले जानकारी दिनुभयो । नयाँ भवनबाट सेवा सुरु भएसँगै सेवाग्राहीले थप गुणस्तरीय सेवा पाउने उहाँको भनाइ छ । वि.सं २०४४ चैत १८ गतेबाट अस्पताल सञ्चालनमा आएको हो । 

    मुख्य अस्पताल भरतपुर महानगरपालिका–१० मा छ । यही ठाउँमा भवन निर्माण गरिएको हो । यसका अतिरिक्त भरतपुर ओरालोमा पनि अस्पतालमा सञ्चालनमा छ । यसबाहेक तीन सेकेण्डरी अस्पताल र १३ आँखा उपचार केन्द्र यस अस्पताल मातहत छन् ।
     
    उहाँका अनुसार अस्पतालमा आएका बिरामी र शिविरमार्फत बिरामीलाई सेवा दिँदै आएको छ । यो अस्पतालले चितवनसहित छिमेकी विभिन्न जिल्लामा सेकेण्डरी अस्पताल, आँखा उपचार केन्द्र र शिविरमार्फत सेवा दिँदै आएको छ । अस्पतालले एक वर्षमा तीन लाख हाराहारीलाई उपचार सेवा दिँदै आएको छ । आँखा उपचारको क्षेत्रमा यो अस्पताल देशमा नै अग्रणी अस्पतालको रुपमा चिनिन्छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend