Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दरबार हत्याकाण्ड–गौर हत्याकाण्डको अनुसन्धान हुन्छः प्रधानमन्त्री प्रचण्ड


१६, जेठ २०८०
  • 106
    SHARES
  • दरबार हत्याकाण्ड–गौर हत्याकाण्डको अनुसन्धान हुन्छः प्रधानमन्त्री प्रचण्ड

    काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूल्ठूला हत्याकाण्ड र भ्रष्टाचारको अनुसन्धान हुने बताएका छन् । मंगलबार माओवादी मुख्यालय पेरिसडाँडामा केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले गौर हत्याकाण्ड र दरबार हत्याकाण्डको अनुसन्धानका साथै ठूला–ठूला भ्रष्टाचारका प्रकरणको फाइल क्रमशः खोल्ने बताएका हुन् ।

    उनले ४६ सालपछिका उच्च पदस्थ व्यक्तिहरुको सम्पती छानबिन गर्ने समेत बताए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले संस्थागत रुपमा देखिएको भ्रष्टाचार र बेतिथी नियन्त्रणलाई सरकारले उच्च प्राथमिकता दिएको धारणा राखे । राज्यको नेतृत्वमा बस्नेहरु नै भ्रष्टाचारमा सामेल हुन थालेपनि यसलाई ऐतिहासिक अवसरको रुपमा प्रयोग गर्न खोजिएको भन्दै प्रचण्डले सेटिङमार्फत हुने भ्रष्टाचारविरुद्ध दह्रोसँग उभिने संकल्प गरेको बताए । प्रचण्डले प्रधानमन्त्रीको रुपमा नेपाल राष्ट्रका लागि केही नयाँ गर्नेगरी भारत भ्रमणमा जान लागेको जानकारी दिए ।

    प्रधानमन्त्री प्रचण्डले जनयुद्धकै बलमा मुलुकमा युगान्तकारी परिवर्तन आएको भन्दै यसलाई आधिकारिक र वैधानिक ढंगले स्थापीत गर्नु ठूलो कुरा भएको बताए । उनले कतिपयलाई मन नपरेपनि १५ वर्षअघिकौ माइन्युट खोजेर राजपत्रमा प्रकाशित गर्दै जनयुद्धका सहभागीहरुलाई राष्ट्रिय सहीदको रुपमा सम्मान गरिएको जिकिर गरे ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend