Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शान्ति मिसनमा कटौती सम्भावना


१६, जेठ २०८०
  • 196
    SHARES
  • शान्ति मिसनमा कटौती सम्भावना

    काठमाण्डौं । नेपाली सेना स्थायी शक्तिको स्रोतका रुपमा रहेको र अहिले विश्व राजनीतिमा देखा परिरहेको भूराजनीतिक उथलपथलमा नेपालमा सेनासँगको सम्बन्ध विश्वासिलो बनाउनु क्षेत्रीय र विश्वशक्ति राष्ट्रहरुका लागि महत्वपूर्ण बन्दै जाँदा चीनबाट सैन्य सामाग्री खरिद गर्न लाग्दा अमेरिका झस्किएको छ । अमेरिका र भारतसहितका साझेदार एकातर्फ अनि चीन अर्कोतर्फ उभिएको नयाँ शीतयुद्ध जस्तै परिस्थिति विकास भइरहेको बेला नेपाली सेनाले संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेशन (नोरिन्को) मार्फत ती सामग्री खरिद गर्न लागेपछि अमेरिका झस्किएको हो । 

    संयुक्त राष्ट्रसंघमा सबैभन्दा बढी अमेरिकी सरकारको अनुदान सहयोग रहँदै आएको छ । जसले गर्दा नेपाली सेनाको सो निर्णयले भोलिका दिनमा संयुक्त राष्ट्रसंघीय मिसनमासमेत नेपालको उपस्थिति कमजोर हुने आँकलन गर्न थालिएको छ । सेनाले छिमेकी मुलुक चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर ९एपीसी० र हतियार खरिद तयारी अन्तिम चरणमा पुर्याउँदै एलसी खोल्नका लागि विभिन्न बैंकमा पत्राचारसमेत गरिसकेको छ ।  

    कालोसूचीमा परेको कम्पनीबाट सामान ल्याउन एलसी खोलिदिँदा केन्द्रीय बैंकले कारबाही गर्ने त्रासका कारण हिमालयन बैंकले एलसी नखोलेको स्रोतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको रुची भएपछि नेपाली सेनाले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईबीएल) सँग हतियार खरिदका लागि लेटर अफ क्रेडिट (एलसी) खोल्न नयाँ पहल थालेको छ । 

    चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) राष्ट्र संघ र  अमेरिकाको कालोसूचीमा परेको कम्पनी हो र हालै हिमालयन बैंकले अमेरिकी प्रतिबन्धको सम्भावित उल्लङ्घनको आधारमा एलसी खोल्न अस्वीकार गरेपछि एनआईबीएलसँग नयाँ पहल थालेको भए पनि खुलिसकेको भने छैन । तर यसरी हतियार ल्याउन प्रकृया शुरु भएपछि भने अमेरिकाले नेपाली सेनालाई दिँदै आएको अनुदान कटौतीको खतरा बढेको छ । 

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend