Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बुटवल आम्दा अस्पताललाई स्तरोन्नति गरिने


१५, कात्तिक २०८०
  • 302
    SHARES
  • बुटवल आम्दा अस्पताललाई स्तरोन्नति गरिने

    लुम्बिनी । सिद्धार्थ बाल तथा महिला अस्पताल, (आम्दा नेपाल) तीनसय शय्यामा स्तरोन्नति हुने भएको छ । अस्पतालको सेवा विस्तारका लागि हाल सञ्चालनमा रहेको एक सय शय्यालाई विस्तार गरी तीन सय शय्या स्तरोन्नति गरिने भएको हो ।

    यसका लागि बिहीबार दुई सय शय्याको भवन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गर्नुहुने जनाइएको छ । अस्पतालको २५औँ वार्षिकोत्सवको अवसरमा थप दुई सय शय्या भवन शिलान्यास तथा शैक्षिक कार्यक्रमको सुभारम्भ प्रधानमन्त्री प्रचण्डले गर्नुहुने अस्पतालका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

    उहाँले हाल एक सय शय्याको क्षमतामा सञ्चालित अस्पतालमा बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गरी तीन सय शय्याको अस्पतालमा स्तरोन्नति गर्नका लागि गत जेठमा छ सदस्यीय टोलीले जापान भ्रमण गरेकामा अस्पताल भवन निर्माणको वातावरण बनेको बताउनुभयो ।

    अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि सञ्चालन हुने गरी नगरपालिकाबाट बजेट विनियोजित भएको नगरप्रमुख पाण्डेयले जानकारी दिनुभयो । अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ्ग, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको अस्पतालका मेसु राजेन्द्रप्रसाद बस्यालले बताउनुभयो । 

    तीन विषयमा ४०–४० जनाका दरले एक सय २० विद्यार्थीले यसवर्ष अध्ययन गर्न पाउने उहाँको भनाइ थियो । साथै अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम रहेको मेसु बस्यालले बताउनुभयो । कार्यक्रममा आम्दा नेपालका अध्यक्ष अनिलकुमार दास र मुख्य प्रशासक सुरेस रेग्मीले सरोकारवालाको सुझावअनुसार अस्पतालको सेवा थप गुणस्तरीय र सर्वसुलभ बनाउदै जाने बताउनुभयो ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend