काठमाडौँ । राष्ट्रपतिबाट आममाफी पाएर रिहा हुनुभएका योगराज ढकाल ‘रिगल’ पक्राउ पर्नुभएको छ ।
सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उहाँलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । आदेश लगत्तै बाँके प्रहरीले उहाँलाई पक्राउ गरेको हो ।
चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका रिगललाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा आममाफी दिनुभएको थियो ।