चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक मंगलबार राति ट्रकले ठक्करबाट एक साइकलयात्रीको ज्यान गएको छ । लोथरबाट नारायणगढ तर्फ आउँदै गरेको बा प्र०३-००१ख १८६३ नंको ट्रकले साइकलयात्रीलाई ठक्कर दिदा साइकलयात्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा राप्ती–४ का ६५ वर्षीय हरि पाण्डे रहेको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भिर घाइते भएका पाण्डेको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिएर थप कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।