Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द


२१, कात्तिक २०८०
  • 200
    SHARES
  • पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

    ललितपुर । ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका छन् । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै  चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका हुन् ।

    पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको मृत्यु भएको बिषयलाई लिएर मृतकका आफन्तहरु आक्रोशित भएका थिए । सो क्रममा आफुहरुमाथि कुटपिट भएको भन्दै चिकित्सकहरुले स्वास्थ्यकर्मी विरुद्ध हिंसा बन्द गर प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

    दुई बिरामीको एकै समयमा भएको मृत्युको घटनाको अनुसन्धान भइरहेको अवस्थामा आफुहरुमाथि कुटपिट भएकाले सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको पाटन अस्पतालका चिकित्सक डा. बिमल पाण्डेले बताउनुभयो । 

    प्रदर्शनमा सहभागी चिकित्सकहरुले स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर, डाक्टर कुट्न पाइदैन, डाक्टर कुटाई खादैछ, समाज कता जाँदैछ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले कुटपिटका दोषीलाई कारबाही नभएसम्म नियमित सेवा दिन नसक्ने जनाएका छन् । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend