काठमाडौं । मधुमेह रोग हाम्रो शरीरको रगतमा भएको सुगर अर्थात गुलियो पदार्थ या भनौं ग्लुकोजको मात्रालाई बुझाउँछ । रगतमा चिनीको मात्रा बढ्दै गयो भने सुगर रोग लाग्ने संभावना बढि हुन्छ । सुगर खराब खानपानकाे कारणले उत्पन्न हुने खतरनाक रोग हो ।
मधुमेह हुने कारणहरु:
- शारीरिक कसरतको कमी
- विभिन्न रेडिमेड खानाहरुको कारण
- अत्याधिक मासुको सेवन
यो रोगबाट बच्नको लागी चिनीको मात्रा कम गर्ने, बेला–बेलामा स्वास्थ्य परीक्षण गर्ने, बिहानमा
हिँड्ने व्यायाम गर्ने जस्ता शारीरिक काम गर्नुपर्दछ ।
फलफूलको नियमित प्रयोग हाम्रो शरीरको लागि धेरै फाइदाजनक हुन्छ । यसमा भिटामिन, मिनरल र फाइबर पाईन्छ । जसले हाम्रो शरीरमा रहेको तत्वहरु कमी हुन दिँदैन ।
प्रायजसो सुगर लागेका व्यक्तिहरु फलफुल खान डराउँछन् । किनकी फलफुलमा गुलियो पदार्थको मात्रा बढि हुने भएकोले गर्दा हाम्रो शरीरलाई फाइदा गर्दैन भन्ने सोच बनाउँछन् । यदि तपाईहरुलाई पनि सुगर छ भने यी फलफुल खाँदा डराउनुपर्दैन्।
१ किवी – यसको ग्लाइसिमिक इन्डेक्स–५० र ग्लाइसिमिक लोड–७ रहेको छ । किवीले बिरामीको स्वास्थ्यलाई कुनै असर नगर्ने हुनाले यसलाई खान सकिन्छ । सुगर भएका व्यक्तिले रातको समयमा खाँदा झन राम्रो मानिन्छ ।
२ मेवा – मेवामा ग्लाइसिमिक इन्डेक्स कम मात्रामा पाइने हुनाले यो सुगर बिरामीका लागि उपयूक्त हुन्छ । बिरामी भएका व्यक्तिले दिउँसोको समयमा खाएमा राम्रो हुन्छ ।
३ स्याउ – यसमा पोलिफिनोल्स एन्टीअक्सिडेन्ट पाइन्छ । यसको ग्लाइसिमिक इन्डेक्स–३६ र ग्लाइसिमिक लोड–६ हुन्छ । त्यसैले यसलाई आरामसँग खान सकिन्छ । स्याउ खाने उपयुक्त समय भनेको बिहानको समय हो ।
४ सुन्तला – यसमा फाइबर धेरै पाइन्छ र क्यालोरी कम पाइने हुनाले सुगर बिरामीलाई फाइदा गर्दछ । यदि तपाईंहरु सुन्तला खानुहुन्छ भने खाना खानुभन्दा अगाडी अथवा खाना खाइसकेको २÷३ घण्टापछि खानाले सुगरका बिरामीलाई फाइदा गर्दछ तर यस्ता रोगीले खाली पेटमा भने सुन्तला खानुहुँदैन ।
सुगर बिरामीले यी फल खाँदा ध्यान दिनुपर्ने कुराहरुः
१ केरा – केरामा ग्लाइसिमिक इन्डेक्स–५१ पाइन्छ । केरा सुगर बिरामीले खान सकिन्छ तर थोरै मात्रामा मात्र । जति धेरै पाकेको हुन्छ, त्यति धेरै सुगर बढि हुने हुनाले सकेसम्म कम पाकेको केरा खाने गर्नुपर्दछ । सुगर बिरामीले एक पटकमा १–२ वटा कोसा मात्र केरा खानुपर्दछ र त्यो भन्दा बढि खानुहुँदैन।
२ आँप – आँपमा ग्लाइसिमिक इन्डेक्स–५१ पाइन्छ । सुगर भएका व्यक्तिहरुले आँप खानुहुदैन भनेर भनेका हुन्छन् तर, दिनमा एकपटक मात्र १०० ग्राम आँप खान सकिन्छ । त्योभन्दा धेरै आँप खान स्वास्थ्यको लागि उचित हुँदैन ।
३ अंगुर – यसमा ग्लाइसिमिक इन्डेक्स–५४ पाइन्छ । यसमा सुगर सबैभन्दा बढि पाइने हुँदा बिरामीलाई झन असर पार्ने हुनाले यो फल खानुहुँदैन ।
४ भुईंकटहर – यसमा ग्लाइसिमिक इन्डेक्स–५९ पाइने हुनाले सुगर बिरामीले यो फल खानु हुदैन । यो फल खाँदा तुरुन्तै असर गर्ने हुनाले यो फल खान उचित हुँदैन ।