Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पर्यटन प्रवर्द्धन गर्न साइकल टोली पोखरामा


३, मंसिर २०८०
  • 359
    SHARES
  • पर्यटन प्रवर्द्धन गर्न साइकल टोली पोखरामा

    गण्डकी ।  ‘सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ । हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटनसँगै स्थानीय उत्पादनको प्रचारप्रसार गर्न टोली पोखरा आएको हो ।

    यसवर्ष विशेषतः मगर र गुरूङ घरवाससँगै पर्यटकीय नगरी पोखराको प्रचारप्रसार गर्ने उद्देश्यका साथ १४ सदस्यीय टोली कात्तिक ३० गतेदेखि रूपन्देही सिद्धार्थनगरबाट साइकल यात्रामा निस्केको साइकल सिटी भैरहवाका अध्यक्ष सूूर्यकुमार सारू मगरले जानकारी दिनुभयो । टोलीले साइकल यात्रा गर्दै वालिङस्थित मगर जातिको बाझकोट होमस्टे, स्याङ्जास्थित गुरूङ जातीको सिरूवारी होमस्टे हुँदै पोखरा आइपुगेको उहाँले बताउनुुभयो । 

    विभिन्न सेवा, पेशा र व्यवसायमा आबद्ध व्यक्ति सहभागी टोलीले साइकल यात्राका माध्यमबाट नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा देखाएको चासो निकै सकारात्मक रहेको पर्यटन व्यवसायी डिल्लीराज पाण्डेले बताउनुभयो । टोलीले यसअघि अर्घाखाँचीको सुपादेउराली, पाल्पाको रानीमहल र व्यास नगरपालिकाको मानुङकोट पनि साइकलबाटै यात्रा गरिसकेको छ । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend