Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

यी हुन् सुनौलो बहुउद्देश्यीय सहकारी संस्थाका संचालकहरु, बचतकर्ताको रकम जोखिममा


१७, जेठ २०८०
  • 237
    SHARES
  • यी हुन् सुनौलो बहुउद्देश्यीय सहकारी संस्थाका संचालकहरु, बचतकर्ताको रकम जोखिममा

    बुटवल । पछिल्लो समय आर्थिक मन्दीका कारण नागरिकहरुको जनजीवन अस्तव्यस्त बन्दै गईरहेको बेला दैनिक मजदुरी गरेर सहकारीमा बचत गरेको रकम हिनामिना हुन थालेपछि बचतकर्ताहरु चिन्तित हुन पुगेका छन् । मंगलवार बुटवलको देवीनगरमा रहेको सुनौलो बहुउद्देश्यीय सहकारी संस्थामा कालिकानगरकी निर्मला थापाले हातमा पासबुक समातेर पैसा लिन भन्दै कार्यालयसम्म आईपुगेकी भेटिईन् तर उनको अनुहार मलिन देखिन्थ्यो । घटनाक्रमलाई बुझ्दै जाँदा उक्त सहकारीले न्यूनतम १ हजार ९ सय रुपैयाँ बचतकर्ताले नपाएपछि सहकारीको विग्रिएको गतिविधि बाहिरीएको हो ।  

    बचतकर्ताहरुको आक्रोशपुर्ण हुल अबेर रातीसम्म आफुहरुले बचत गरेको पैसा फिर्ता पाउनुपर्ने माग गर्दै कार्यालय घेराउ गरेपछि  अप्रिय घटना घट्न सक्ने मध्यनगर गर्दै सहकारीको म्यानेजर भनिने सिन्धुपाल्चोक लिसङ्खुपाखर ७ घर बताउने सृजना तामाङ र ठेगना नखुलेको आर्यन क्षेत्रीलाई प्रहरीले बुधवार छलफलका लागी भन्दै नियन्त्रणमा लियो । बुधवार बिहान वडा प्रहरी कार्यालय रामनगर पुगेको पिडितले नियन्त्रणमा लिएका व्यक्तिहरुबाट आफुहरुको बचत रकम सुरक्षित रुपमा फिर्ता गरिदिन प्रहरी समक्ष हार गुहार गरे । 

    तर वडा प्रहरी कार्यालयमा उक्त विषयले मुर्त रुप लिन सकेन । वडा प्रहरी कार्यालयले ईलाका प्रहरी कार्यालय बुटवलमा दुवै पक्षलाई पठायो । सहकारीको संंचालक समिति र दर्ता मिति बारे सृजना तामाङले बताउन नचाहने र आफैले केही दिनमा यो पैसा मिलाईदिने भन्दै अडान लिएपछि पिडितहरु थप संशकित भएका थिए  । यता ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख दान बहादुर थापाले सहकारीको विषय प्रहरीले हेर्न नमिल्ने तर सहकारीको दर्ता अधिकारीको कार्यालयबाट अनुसन्धानका लागी पत्र आएमा नियन्त्रणमा लिएकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान अगाडि सकिने बताए ।  साथै उनले आवश्यक छानविनका लागी सहकारी दर्ता प्रदेश कार्यालय दाङ पठाएको जानकारी दिए ।
     
    नियन्त्रणमा लिएकाहरुले संचालकको बारेमा नचाहेपनि मिसन लुम्बिनीको खोजबाट प्राप्त संचालक समितिहरुको नाम
    स्याङ्जा कृष्ण गण्डकी–६ का बिष्णु प्रसाद भट्टराईको नाममा दर्ता भएको देखिएको छ भने उपाध्यक्षमा बराङ्दी–६ पाल्पाकी साबित्रा बस्याल, सचिवमा बिन्जोर– ८,सिन्धुलीका राजन कार्की, सह–सचिवमा दाङवाङ–६,प्यूठानका प्रेम प्रसाद आचार्य र कोषाध्यक्षमा तानसेन–१ पाल्पाका विश्वबहादुर खबी क्षेत्री रहेका छन् । सहकारी दर्ता कार्यालय दाङका अनुसार सदस्यहरुमा गुल्मी हर्मीचौरकी कमला न्यौपाने र पैयु–५ पर्वतकी बिष्णु कुमारी श्रेष्ठ रहेको खुलेको छ।  भने सहकारी दर्ताका क्रममा  २० जना शेयर सदस्य देखिएको सहकारी दर्ता कार्यालयका प्रमुख भिम प्रसाद तिवारी जनाए । उनले भने प्रहरीले नियन्त्रणमा लिएकाहरुलाई ५ दिनभित्र हिसाब मिलाउने गरी कागज गरेर छोड्ने बताए । सो सहकारी २०७८ भाद्र ५ गते बुटवलमा दर्ता गरिएको बुझिएको छ । 

     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend