Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कार्तिक पूर्णिमामा लक्ष्मणघाट तीन दिन मेला लाग्ने


५, मंसिर २०८०
  • 412
    SHARES
  • कार्तिक पूर्णिमामा लक्ष्मणघाट तीन दिन मेला लाग्ने

    कपिलवस्तु। लक्ष्मणघाटमा सामाजिक बिकास केन्द्रको आयोजनामा सदाका बर्षहरुमा जस्तै यसबर्ष पनि यही मंसिर ११ देखी १३ गते सम्म तिन दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा बृहत साँस्कृतिक कार्यक्रम लक्ष्मणघाटमा हुने भएको छ ।

    एकसय बर्ष अगाडीदेखि चल्दै आएको सो मेलामा कपिलवस्तु, अर्घाखाँची, प्युठान,रुपन्देही र छिमेकी मुलुक भारतबाट समेत श्रद्धालु भक्तजनहरु मेलामा आउने गरेको पाइन्छ ।

    कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न संस्थाका अध्यक्ष थानेश्वर अधिकारीको संयोजकत्वमा ५१ सदस्सिय मेला मुल आयोजक समिति गठन गरिएको छ । बैठकले लक्ष्मणघाट सामाजिक विकास केन्द्रका संस्थापक अध्यक्ष रन बहादुर काउचालाई मेलाको निर्देशक तोकेको छ ।

    प्रत्येक बर्ष पुर्णिमा मेलाको अवसरमा बिशेष गरी थारु समुदायका मानिसहरुले बाणगंगा नदिमा स्थान गरी गौपुजन गर्ने दान दिने कथा सुन्ने , मुण्डन गरी मनाइने यो धार्मिक पर्व अहिले सबै समुदायका मानिसले मनाउने गरेको पाइन्छ ।

    मेलामा बिभिन्न स्थानिय व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न बिभिन्न व्यवसायिक, कृषि , खाद्यान्न तथा घरेलु उत्पादनका स्टलहरु राखिने भएको छ । यस बर्ष देखी सो मेलामा पिङ,मोतका कुवा,झुला, मिक्की माउस र वाल उद्यान समेत राखिएकाले दर्शकहरुको उपस्थिती बढ्ने सामाजिक अगुवा मिना आले काउचाले बताउनुभयो ।

    कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने छ । तिन दिनसम्म सञ्चालन हुने सो मेलामा करिव २१ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ।

    मेलाको सह–आयोजकमा लक्ष्मणघाट बोलबमधाम विकास समिति रहेको छ ।

     

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend