घोराही । क्यानडा नेपाल पर्यटन तथा ब्यापार केन्द्र नेपालको सहयोग र किवानिज कलब अफ क्रिरेटिभ युथको सहकार्यमा यौन स्वास्थ्य तथा शिक्षा सचेतिकरण प्रशिक्षण अभिमुखीकरण एक दिने प्रशिक्षण कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
यौन स्वास्थ्य (महिनावारी सम्बन्धी कुसंस्कारको अन्त्य गरि सामाजिक जनचेतना जगाउने उद्देश्यले सामुदायिक विद्यालयमा पढ्ने किशोर किशोरीको स्वास्थ र महिनावारी सम्बन्धी सचेतना कार्यक्रममा गण्डकी,लुम्बिनी,कर्णाली र सुदुरपश्चिम गरि चार प्रदेशका १७ जना सहभागी भएका थिए ।
कार्यक्रम तुलसीपुर उपमहानगरपालीकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पूर्व प्रदेशसभा सदस्य निर्मला क्षेत्री, प्रा.डा. ऋतु प्रसाद गर्तौला, रिपोर्टस कलव नेपाल लुम्बीनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्री, स्त्रीरोग विशेषज्ञ डा. कविता अधिकारी, जनरल फिजिशियन डा.सुरेन्द्र विक्रम वस्नेत रहनु भएको थियो ।
त्यस्तै घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रतिनिधि विमला पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रर्यटन शाखा प्रमुख झरेन्द खरेल, श्री जन श्रम मावि शिक्षक टिका सापकोटा लगायतले मन्तब्य राख्नु भएको थियो । बोल्ने बक्ताहरुले सब्य समाज निर्माणको लागी शिक्षा र स्वास्थ्य पहिलो कुरा बताउदै सबै क्षेत्रको ध्यान जान जरुरी भएको बताउनु भयो ।

क्यानाडामा रहेर पनि नेपालको पर्यटन स्वास्थ्य र शिक्षाको समाजसेवा गर्दै आउनु हुने नेपालका क्यानडा पर्यटन दुतको रूपमा विगत लामो समयदेखि काम गरिरहनु भएका नरबहादुर टण्डनको सचेतनामुलक अडियो पनि सुनाईएको थियो ।
कार्यक्रम किवानिज कलव अफ तुलसीपुरका, मोतीराम वलीको अध्यक्षता विषय प्रवेश संझना शर्माले गर्नु भएको थियो भने कार्यक्रम संचालन किवानिज कलव अफ क्रिरेटिभ युथ तुलसीर प्रेसिडेन्ट शंकर भहराईले गर्नु भएको थियो ।