Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ढुङ्गागिटी निकासी नीतिप्रति शान्ति समाजको असन्तुष्टि


१८, जेठ २०८०
  • 114
    SHARES
  • ढुङ्गागिटी निकासी नीतिप्रति शान्ति समाजको असन्तुष्टि

    काठमाण्डौं । ढुङ्गागिटी र बालुवा निकासीका लागि सरकारले अवलम्बन गर्न लागेको नीतिको मानव अधिकार तथा शान्ति समाजले असन्तुष्टि जनाएको छ । चुरेको अत्याधिक दोहन गरेर ढुङ्गा, गिट्टी, बालुवा निकाल्नु भनेको तराईलाई मरुभूमिकरणतर्फ धकेल्नु हो भन्ने धारणा शान्ति समाजले व्यक्त गर्दै आएको छ । ढुङ्गा गिटी निकासीको योजना पर्यावरणीय सन्तुलनका हिसाबले झनै आपत्तिजनक भएको भन्दै त्यस्तो नीति खारेज गर्न शान्ति समाजले सरकारलाई आग्रह गरेको महासचिव रेनुका पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लोकतान्त्रिक गणतन्त्रको मूल्यअनुरुप आचरण गर्न आह्वानसहित मानव अधिकार शान्ति समाजले २२ जिल्लामा दीप प्रज्वलन, चियापानलगायत कार्यक्रम गरी सोह्रौ गणतन्त्र दिवस मनाएको छ । 

    नक्कली भूटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, तीन तहको सरकारः सुशासन, पारदर्शीता र जवाफदेहिता सुनिश्चित गर’ भन्दै शान्ति समाजका चितवन, काठमाडौं, नवलपुर, कास्की, मोरङ, दाङ, बागलुङ, कैलाली, पाल्पा, महोत्तरी, रुपन्देही, नुवाकोट, सुर्खेत, पर्सा, झापा, अछाम, सुनसरी, तेह्रथुम, सङ्खुवासभा, बाँके, गुल्मी र इलाम जिल्ला शाखाद्वारा कार्यक्रम गरिएको विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend