काठमाण्डौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले निष्कृय बनेको नागरिकता विधेयकलाई राष्ट्रपतिले सजिलै रुपमा प्रमाणिकरण गरेकोमा आपत्ती जनाएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्,ः ‘‘निष्कृय बनेको नागरिकता विधेयकलाई भारत भ्रमणको पूर्वसन्ध्यामा प्रमाणिकरण गर्नुपर्ने सरकारको बाध्यता के आइलाग्यो ? विधेयक प्रमाणिकरणले यी प्रश्नको उत्तर खोजेको छ ।’
उनले नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न नमिल्ने समेत तर्क गरेका छन् । त्यस्तै तत्कालिन राष्ट्रपति विद्यादेखि भण्डारीले यसअघि सारेको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यबाट सरकार र संसद भाग्न नमिल्ने सुझाउँदै सरकारलाई पाँच वटा प्रश्न समेत गरेका छन् ।
उनले यस्तो लेखेका छन्, ‘‘नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न मिल्छ ? सम्माननीय पूर्व राष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यबाट सरकार र संसद भाग्न मिल्छ ? प्रादेशिक पहिचानसहितको नागरिकताको संबैधानिक प्रवन्धको ठाडो उल्लघंन गर्न मिल्छ ? नयाँ जनादेशको उपेक्षा गरेर निष्कृय विधेयकलाई प्रमाणिकरण गर्न मिल्छ ? संविधानको संरक्षक सम्माननीय राष्ट्रपतिज्यूलाई यस सन्दर्भमा के बाध्यता आइलाग्यो ? यसको उत्तर दिनु पर्दैन र ?