Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लोप हुँदै मयुर नाच


१३, मंसिर २०८०
  • 541
    SHARES
  • लोप हुँदै मयुर नाच

    रोल्पा । पछिल्लो समय मयुर नाच बिरलै मात्रामा देख्न सकिन्छ।रुकुम पश्चिम,रुकुम पूर्व,सल्यान र रोल्पाको पश्चिमी भेगमा मयुर नाच प्रस्तुत हुने गरेको पाइन्छ।तर पछिल्लो समय मयुर नाच धेरै ठाउँमा लोपोन्मुख अवस्थामा पुगेको बुद्धिजीवीहरु बताउँछन्।

    पहिले परापूर्वकाल देखि परम्परा मेलामा लठ्ठी खेल्ने अर्थात हात खेल्ने प्रचलन थियो भने पछी यो नाच एउटै सुर ताल अनि एकै प्रकारको लयमा नाच्ने नाच हो मयुर नाच।पाउमा नियोर र हातमा लठ्ठी लिएर नाच्ने गरिन्छ जसमा ९ जना पुरुष र ९ जना महिला गरि करिब १८ जनाको नृत्य समूह हुने गर्दछ।

    समूह अगुवाले सिठ्ठिको माध्यमबाट निर्देश गर्छन् र बाजाको धुनसँगै नृत्य अगाडि बढ्ने गर्छ।मयुरको मजुरबाट निर्मित भएको सामग्रीलाई गड्का समेत भनिन्छ।चित्तिक परेको ड्रेससँगै मयुरको मजुरबाट निमार्ण भएको गड्का लगाएर नाच्दा मयुर नाचेको जस्तो देखिन्छ।

    जसमा मयुर जस्तै नाच्दै १ हाता गर्दै २२ हातसम्म नृत्य गर्दै पुग्छन।२०६८/०६९ साल तिर रोल्पाको पश्चिमका विभिन्न ठाउँमा मयुर नाच सिक्न र नचाउने नाच्नेको होडबाजी नै चलेको थियोे।रोल्पामा पनि नृत्य भित्र्याउन छिमेकी जिल्ला सल्यान र रुकुम पश्चिमबाट मयुर नाच्ने र बाजा बजाउने मानिस लिएर सिक्ने गरेका थिए।

    उतिबेलाराँक,भाबाङ,तालाबाङ,इरिबाङ,राङ्सी,राङ्कोट,कुरेली,पाछाबाङ लगायत गाविसको विभिन्न गाउँ/गाउँमा मयुर नाचको सरुवात गर्न प्रतिस्पर्धा चलेको थियोे।दशै,तिहारमा गाउँ/गाउँमा नृत्य देखाउने र दान समेत संकलन गर्ने गर्दथ्य।

    कममा पनि एक लाख देखि करिब पाँच लाख सम्म दान स्वरुप जम्मा गरेको पाइनथ्यो।त्यतिमात्र नभएर परापूर्व काल देखि परम्परागत मेलाको रूपमा लाग्दै आएका मेलामा समेत मयुर नाच समूहको बाक्लो उपस्थिति हुने गर्दथ्य र मेलामा सहभागी हुने दर्शकहरुले समेत हेर्ने गरेको पाइनथ्यो।तर पछिल्लो समय कमै मात्रामा मात्र मयुर नाच देख्न सकिन्छ।

    पहिले धेरै गाउँ/ठाउँमा नाच्दै आएको मयुर नाच पछिल्लो समय लोप भएको पाइएको छ।परिवर्तन गाउँपालिकाको इरिबाङ,कुरेली,राङ्सी लगायतमा लोप भएका छन भने राङ्कोट,पाछाबाङ्मा एक दुई गाउँमा अझै पनि मयुर नाच रहेको पाइएको छ।

    त्यस्तै तालाबाङ,भाबाङ,राँक र चुनबाङका एक दुई गाउँमा समेत मयुर नाच रहेकोे बताइएको छ।लोपोन्मुख सांस्कृतिक संरक्षण प्रतिष्ठान परिवर्तन गाउँपालिकाका संयोजक लालबहादुर घर्ती मगरले मयुर नाच लोप हुँदै जानुमा अहिलेको पुस्ताहरुले ध्यान नदिनु मुख्य कारण भएको बताउनु भएको छ।

    हामीले हाम्रा पूर्खा देखि नाच्दै आएका रितिरिवाज,भाषा,कला,संस्कृतिलाई संरक्षण गर्नुपर्ने अहिलेको आवश्यकता देखिन्छ-घर्तीले भने।हामीले कला संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्दा अहिलेका युवा पुस्ताहरुले ध्यान,चासो नदिइ बेवास्ता गरेको पाउछौं र हाम्रो पूर्खाको कला यो हो र यो रहेछ भनेर बुझ्नु अहिलेको आवश्यकता रहेको समेत औल्याउनु भयो।

    हाम्रा पूर्खाहरुको विभिन्न भाषा,कला,संस्कृतिको विकास गर्न राज्यले पनि ध्यान दिनुपर्ने देख्छु-उनले भने।अहिले मयुर नाच मात्र नभएर अन्य पुराना कला,संस्कृति समेत लोपोन्मुख अवस्थामा पुगेको छ।पैसरु नाच,साइला बरै भाका,सिङ्गारु लगायत लोपोन्मुख अवस्थामा पुगेका छन।

    बदलिँदो परिस्थिति,परिवर्तन शिल समय र आधुनिकताको विकास सँगै अहिलेका युवा पुस्ताले आफ्ना पूर्खा देखि चल्दै आएका भेषभुषा,रितिरिवाज,भाषा,कला,संस्कृतिलाई बिर्सदै गएका छन।

    देशमै रोजगारी सिर्जना नभएको कारण पनि युवाहरू रोजगारी सिलसिलामा विदेश पलायन हुनुले पनि कला,संस्कृति ओझेलमा पर्ने संकेत चुलिएको महशुस गर्न सकिन्छ।अहिले मयुर नाच पनि वैदेशिक रोजगारीको कारण अरु देशमा सिकेको पहिलो पुस्ता पनि पलायन भएपछि दोस्रो पुस्ताले त्यसलाई अनुसरण गर्न नसकेको स्वभाविकै मान्न सकिन्छ।

    नाच्ने र बाजा बजाउने मानिस नभएपछी कसरी पछिल्लो पुस्ताले आत्मसात गर्न सक्छन् र।त्यसैले रोल्पा जिल्लाको विभिन्न भाषा,कला, संस्कृति मध्येको एक हो मयुर नाच।

    यसलाई संरक्षण गर्न विभिन्न संघ-संस्था,बुद्धिजीवी,विभिन्न क्रियाशिल राजनीतिक,स्थानीय सरकार लगायत सबैको दायित्व र भूमिका अपरिहार्य रहेकोे छ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend