Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ओमानमा अलपत्र युवतीको उद्धार


१४, मंसिर २०८०
  • 116
    SHARES
  • ओमानमा अलपत्र युवतीको उद्धार

    झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुग्नुभएकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फकाइएको छ । गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले मासिक रु ५० हजार तलब दिने आश्वासनमा उहाँलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्‍याएको थियो । 

    ब्यूटीपार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीन तले भवनमा पु¥याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरर्जस्ती लगाउने प्रयास गरेको थियो । पुरुष पर्यटकलाई नुहाइदिने र शरीर मालिस गर्ने काम गर्न अस्वीकार गरेपछि रोजगारदाता कम्पनीका अरेबियन सञ्चालकले मानसिक दबाब दिएर अज्ञात स्थानमा बन्धक बनाएर राखेको उहाँले बताउनुभयो । 

    कम्पनीका सञ्चालकले मुख थुनेर शारीरिक यातना समेत दिने गरेको उहाँले सुनाउनुभयो । सञ्जिताले यो खबर नेपालस्थित आफ्नो परिवारसम्म पुर्‍याएपछि झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूतावासले उहाँको सकुशल उद्धार गरेको हो । सञ्जिताले ओमानमा सकसपूर्ण ४० दिन बिताउनु भएको थियो । उद्धारपछि यही मङ्सिर ११ गते उहाँ घर आइपुग्नु भएको हो । घर आइपुगेपछि उहाँले ओमानको कालकोठरीबाट बाँचेर आएको रासससँग बताउनुभयो । 

    “ओमानमा मलाई चार तले भवनको अँध्यारो कोठामा एक्लै राखेर पर्यटकलाई नुहाइदिने काम गर्न जबरर्जस्ती गरे”, उहाँले भन्नुभयो, “ब्यूटीपार्लरको काम दिने भनेर ल्याएको हो, यस्तो काम गर्दिन भनेर मैले ठाडै अस्वीकार गरेँ । त्यसपछि मलाई उनीहरुले बन्धक बनाएर तनाव दिए ।” उहाँले मसाजको काम नगर्ने स्पष्ट पार्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्दा रोजगारदाता कम्पनी अल लुल्लाह अल मिथल्ता ट्रेडिङका सञ्चालकले रु दुई लाख ५० हजार माग गरेको बताउनुभयो ।

    “तिमीलाई रु दुई लाख ५० हजारमा हामीले किनेर ल्याएको हो, त्यो पैसा घरबाट ल्याएर हामीलाई देउ अनि मात्र घर फर्किन पाउँछौँ भन्यो”, रोजगारदाता कम्पनीबाट पाएको सास्ती सुनाउँदै उहाँले भन्नुभयो, “त्यसपछि मैले बाँच्ने आशा मारिसकेको थिएँ ।” उहाँ ‘हेयर स्टाइलिस्ट’को काम गर्ने लिखित सम्झौतासहित स्काई अफ दी वल्र्ड म्यानपावर कम्पनीको विर्तामोड शाखामार्फत ओमान पुग्नुभएको थियो । विर्तामोडमा रहेको अप्सरा ब्यूटीपार्लरमा काम सिक्दा पार्लरकी सञ्चालक ललिता अधिकारीले स्काई म्यानपावरमार्फत आफूलाई ओमान जान प्रलोभन देखाएको सञ्जिताले सुनाउनुभयो ।

    ओमानमा अलपत्र परेपछि सञ्जिताका परिवारका सदस्यहरुले उद्धारका लागि स्काइ मेनपावर कम्पनी र अप्सरा ब्यूटीपार्लर गुहारेका थिए । दुबै पक्षले आफूले जिम्मेवारी नलिने बताएपछि सञ्जिताका काका वृक्षलाल राजबंशी सांसद विश्वप्रकाश शर्मालाई भेट्न जानुभएको थियो । “मलाई कम्पनीले अलपत्र पार्‍यो, छिटो उद्धार भएन भने म झुण्डिएर मर्छु भनेर भतिजीले म्यासेज पठाएपछि हामी अत्तालियौंँ,” सञ्जिताका काका राजबंशीले भन्नुभयो, “जसले ओमान पठाएको हो, त्यही म्यानपावर र ब्यूटीपार्लरमा जाँदा केही पनि जान्दैनौंँ भनेर फर्काइदिए ।”

    सांसद् शर्माले ओमानस्थित नेपाली दूतावासमा सम्पर्क गरेपछि दूतावासकै पहलमा सञ्जिताको शीघ्र उद्धार भएको थियो । ओमान जाँदा रु एक लाख ५० हजार म्यानपावर कम्पनीले लिएको सञ्जिताले बताउनुभयो । उद्धारपछि घर फर्किदा निःशुल्क आउन पाएको उहाँले बताउनुभयो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend