Logo

Nov 16 2026 | २०८३, मंसिर १गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने


१५, मंसिर २०८०
  • 155
    SHARES
  • नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दाको आदेश आज आउन सक्ने

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूले दायर गरेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा पुनरावलोकन निवेदनमाथि बिहीबार सुनुवाइ सकिएकाले आज आदेश आउने सम्भावना रहेको हो ।

    अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार आदेश आउने सम्भावना रहेको जानकारी दिए । मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार प्रतिवादीतर्फका कानून व्यवसायीले जवाफी बहस गरेपछि सकिएको थियो ।

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा २० जनाविरुद्ध मुद्दा चलिरहेको छ । जसमध्ये १७ जना थुनामा छन् भने ३ जनालाई जिल्ला अदालत काठमाडौँले धरौटीमा छाडेको थियो । थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध पुनरावेदन दिएका हुन् । उनीहरूले आफूहरूलाई थुनामुक्त गर्न माग गरेका छन् ।

    त्यस्तै धरौटीमा छाडिएकामध्ये दुईजनाविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन निवेदन दिएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौँले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

  • सत्ता बदलिन्छ, प्रहरीको निष्ठा बदलिँदैन : कार्की प्रकरणले उठायो सुशासनमाथि प्रश्न

    राजनीतिक आदेशभन्दा माथि कानुन हुनुपर्ने प्रहरी संगठनमा नेतृत्व परिवर्तनको विवाद; प्रहरीको व्यावसायिक स्वतन्त्रता, सरकारको जवाफदेहिता

  • आईजीपीबाट हटाइएका कार्कीबारे सरकारको स्पष्टीकरण : ‘कारबाही होइन, जिम्मेवारी हेरफेर मात्रै’

    काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको

  • अभियुक्तको बयान सार्वजनिक हुनु गम्भीर विषय हो, चुहावटको पनि छानबिन होस् : साम्सद पन्थी

    काठमाडौं । हिरासतमा रहेका अभियुक्त इनम सापकोटाको बयान सार्वजनिक भएपछि अनुसन्धानको निष्पक्षता, प्रमाणको सुरक्षा र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend