Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दक्ष जनशक्तिकाे अभावमा पनी सेवा प्रवाह गर्दै-मेथिनकोट अस्पताल


१८, जेठ २०८०
  • 105
    SHARES
  • दक्ष जनशक्तिकाे अभावमा पनी सेवा प्रवाह गर्दै-मेथिनकोट अस्पताल

    बनेपा। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित मेथिनकोट अस्पतालमा पर्याप्त भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभावका कारण सेवा विस्तार गर्न समस्या भएको छ । विपी राजमार्गको छेउमा रहेको जिल्लाको ग्रामीण भेगका नागरिकले सेवा प्राप्त गर्ने एकमात्र सरकारी अस्पताल मेथिनकोट अस्पताल अभावकै बीच पनि दक्ष जनशक्ति गरिरहेको छ ।

    मुख्यतया तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिकाका नागरिकलाई सेवा प्रदान गर्न सो अपस्ताल स्थापना गरिएको हो । अस्पतालले चौबीसै घण्टा आकस्मिक सेवा, प्रसूति सेवा, एक्सरे फार्मेसी सेवा, विगत एक महिनादेखि हरेक दिन भिडियो एक्सरे सेवा समेत दिँदै आएको छ । 

    विशेषज्ञ चिकित्सक अभावका कारण सेवाग्राहीको रोजाइको केन्द्र भने बन्नसकेको छैन । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालमा अब छिट्टै डायलायसिस, शल्यक्रिया सेवा र ब्लड बैंक सेवा सञ्चालन हुने अस्पतालका डा. आनन्दमणि उपाध्यायले बताए । “आइसीयू र एनआइसीयू सेवा सञ्चालनसमेत गर्ने तयारी छ”, उनले भने ।

    प्रदेश सरकारबाट प्राप्त पाँचवटा डायलायसिस मेसिन जडान गर्ने काम भइसकेकाले अब छिट्टै सो सेवासमेत सुरु हुने भएको छ । यी सबै सेवा सञ्चालनका लागि भौतिक संरचना, दक्ष जनशक्ति र आर्थिक अभाव मुख्य चुनौती बनेको छ । पचास शय्याको अस्पताल सञ्चालनका लागि पर्याप्त भौतिक संरचना आवश्यक भए पनि अहिले पूरानै संरचनाबाट सेवा दिनुपर्ने बाध्यता रहेको डा. उपाध्यायले बताए । “दैनिक ७०–७५ जनाले सेवा लिइरहेका छन्”, उनले भने ।

    अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा मधुकर दाहालले अस्पतालको सेवालाई चुस्तदुरुस्त गर्न कोसिस गरिरहेको बताए । जनशक्तिको अभाव तथा शल्यक्रियाका लागि आवश्यक लठ्याउने औषधि नहुँदा सेवा सुरु गर्न नसकेको उनको भनाइ छ । 

    अस्पतालका सुपरिटेण्डेन्ट डा. सारग जर्गामगर अध्ययन बिदामा गएपछि करिब १० महिना स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डा पुरुषोत्तमराज सेढाईँले हेर्दै आएको थियो । अहिले दुई महिनादेखि निमित्त सुपरिटेण्डेन्ट डा दाहालको नेतृत्वमा अस्पताले सेवा प्रवाह गर्दै आएको छ ।

    मेथिनकोट अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले सेवा प्रवाहमा वृद्धि भए पनि भौतिक संरचनाको अभावका कारण सोचेजस्तो सेवा दिन नसकेको बताए । बजेट र जनशक्ति अभावले गर्दा भएको उपकरण सञ्चालनमा ल्याएर सेवा दिन नसकेको उनले बताए । 

    विसं २०५४ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएर २०६६ मा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो । अस्पतालमा हाल करिब ७० जनशक्ति कार्यरत छ . विसं २०७७ मा सङ्घीय सरकारले ५० शय्याको अस्पतालमा रुपान्तरण गरेर प्रादेशिक जिल्ला अस्पतालका रूपमा सेवा प्रवाह गर्दै आएको छ । 

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend