Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रुकुम सामूहिक हत्या प्रकरण : आज पनि सुनुवाइ जारी


१८, मंसिर २०८०
  • 152
    SHARES
  • रुकुम सामूहिक हत्या प्रकरण : आज पनि सुनुवाइ जारी

    काठमाडौं। २०७७ जेठ १० गते ६ जनाको हत्या भएको सोती घटनामा दोस्रो दिन पनि पीडिततर्फका वकिलहरूको बहस हुने भएको छ।

    २०७७ जेठ १० मा घटेको उक्त घटनामा छ जनाको ज्यान गएको थियो । उक्त मुद्दामा आइतबारदेखि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासमा सुनुवाइ सुरु भएको हो । आइतबार पीडिततर्फ सरकारी वकिलसहित ९ जना वकिलले बहस गरेका थिए। सोमबार पनि त्‍यही संख्यामा वकिलहरूले बहस गर्ने अनुमान छ।

    मंगलबारसम्म उक्त मुद्दाको अन्तिम सुनुवाइको बहस सकिने अदालतले जनाएको छ। मुद्दाको अन्तिम फैसला आउन भने केही दिन लाग्नेछ। जाजरकोट भेरी नगरपालिका–४ का मृतक विक आफ्नी प्रेमिकालाई लिन साथीहरुसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका थिए ।

    उनकी प्रेमिका मल्ल थरकी थिईन् । नवराज र ती मल्ल थरकी युवतीबीच लामो समयदेखि प्रेम सम्बन्ध भएपनि जात नमिल्ने भएकाले विवाह हुन नदिने आफन्तको तयारी थियो । अर्कोतर्फ नवराज विक लगायत आउँदै गरेको कुरा युवतीको घरमा थाहा थियो । युवतीका आफन्तले सोही वडाका तत्कालीन वडाअध्यक्ष डम्बरबहादु मल्लसँग सल्लाह लिएर जसरी भएपनि विवाह हुन नदिने योजना बनाए ।

    सोही योजना अनुसार उनीहरुले नवराज विक, उनीसँगै गएका लोकेन्द्र सुनुवार, सन्दीप विक, गणेश बुढा, टीकाराम सुनुवार र गोविन्द शाहीको निर्ममतापुर्वक हत्या गरे । गाउँलेको कुटाइ र लखेटाइबाट भेरी ज्यान बचाउन भेरी नदीमा पसेका उनीहरुको त्यही मृत्यु भएको हो । सो घटनामा अन्य १२ जना घाईते भएका थिए ।

    उक्त घटनामा ३४ जना विरुद्ध अभियोजन दर्ता भएको थियो । उनीहरुलाई प्रहरीले फरक–फरक समयमा पक्राउ गरेको थियो भने सो घटनामा अदालतले २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend