Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

शरणार्थी प्रकरण : धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो


१८, मंसिर २०८०
  • 123
    SHARES
  • शरणार्थी प्रकरण : धरौटीमा छुटेका ३ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगियो

    काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका तीन जनालाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पुर्याईएको छ ।

    शुक्रबार उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको फैसला बदर गर्दै धरौटीमा छाड्न आदेश दिएका तीन जना नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ र हरिभक्त महर्जनलाई विभागमा पुर्‍याइएको हो ।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले शुक्रबार उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । आदेशपछि केसी, मियाँ र महर्जनले आइतबार धरौटी रकम बुझाएका थिए । केसी र मियाँले १०/१० लाख र महर्जनले १५ लाख रुपैयाँ धरौटी बुझाएका हुन् । धरौटी रकम बुझाएका हरूलाई सुन्धारा कारागार प्रशासनले विभागमा पठाएको हो ।

    सो प्रकरणमा पक्राउ परेकाहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने राय प्रहरीले दिएको थियो । उनीहरूमाथि अब विभाग र अख्तियारले पुनः अनुसन्धान गर्नेछ ।

    यस प्रकरणमा गत बैशाखदेखि पक्राउ परेर पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका २० जनामध्ये ६ जनालाई धरौटीमा र ४ जनालाई साधारण तारेखमा छाड्न शुक्रबार अदालतले आदेश दिँदा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, बाहलवाला सचिव टेकनारायण पाण्डेसहित ८ जनालाई थुनामै राख्न आदेश दिएका थिए ।

    तर, पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणका हकमा भने न्यायाधीशबीच मत बाँझिएपछि तत्काल निर्णय भएन । अब तेस्रो न्यायाधीशको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुनेछ ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend