बुटवल । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा अर्घाखाँचीका डा. चोपलाल भुसाल नियुक्त भएका छन् ।
उनी नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपसभामुख पुष्पा भुसालका श्रीमान हुन् । मन्त्रिपरिषदको गत १३ गतेको बैठकले डा. भुसाललाई ४ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । उनले पत्रसमेत बुझिसकेका छन् ।
यसअघिका काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको कार्यकाल सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो । डा. भुसाल नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष, टिचिङ अस्पतालका नाक,कान तथा घाँटी रोग विशेषज्ञ, स्वास्थ्य अनुसन्धान परिषदका पूर्वअध्यक्ष हुन् । यसअघि उनी बङ्गलादेशका लागि राजदूत बनिसकेका थिए।