Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि पूर्ण सुनुवाइ हुँदै


१९, मंसिर २०८०
  • 137
    SHARES
  • टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि पूर्ण सुनुवाइ हुँदै

    काठमाडौं। सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । उक्त रिट सुनुवाइको लागि न्यायाधीशद्धय विनोश शर्मा र सुष्मालता माथेकाको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

    यसअघि टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको एकल इजलासले सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

    न्यायाधीश शर्माको इजलासले मंसिर १५ भित्र टिकटक बन्द गर्नुको कारणसहितको लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । अदालतको आदेश बमोजिम सरकारले लिखित जवाफ पेस गरेकाले आजबाट सो मुद्दामा नियमित सुनुवाइ हुन लागेको हो ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकको स्वनियमन कमजोर रहेको र रियल टाइमका सामग्री हटाउन नसकिने भन्दै प्रतिबन्ध नै लगाउनुपर्ने जिकिरसहितको जवाफ पठाएको छ ।

    लिखित जवाफमा मन्त्रालयले टिकटकको अत्यधिक प्रयोगले अनिद्रा, एन्जाइटी, डिप्रेसन जस्ता समस्या देखिनुका साथै बालबालिका तथा युवायुवतीलाई गलत दिशातिर डोर्‍याउँदै विषाक्त मनोविज्ञानको सिर्जना गरेको दाबी गरेको छ ।

    टिकटक प्रतिबन्धको सरकारी निर्णयले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सरोकारवाला र कानुन व्यवसायीले गरी सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट दायर भएका छन् ।

    गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुँइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपानेलगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend