Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुरमा


१९, मंसिर २०८०
  • 269
    SHARES
  • रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुरमा

    ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका–४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै  आएको छ । 

    ललितपुरको अन्य जात्रामध्येमा सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा, पात्रोअनुसार करिब दुई महिनासम्म सञ्चालन हुने गर्छ । ललितपुरको पुल्चोकबाट पाटनका विभिन्न स्थानमा रथयात्रा गरेपछि जावलाखेलमा भोटो देखाएपछि यो सम्पन्न हुन्छ । जावलाखेलमा करिब चार दिन रथ राखिने भएकाले जावलाखेलमै रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय निर्माण हुन लागेको हो । 

    ललितपुर महानगरपालिका–४ का वडाअध्यक्ष सन्तोष खड्काका अनुसार ललितपुर महानगरपालिकाको रु ८५ लाखको लागतमा सङ्ग्रहालय निर्माण थालिएको हो । प्रदेश सरकारअन्तर्गतको पर्यटन मन्त्रालयले सङ्ग्रहालय निर्माण गर्न रु ४५ लाख प्रदान गर्ने सम्झौता भएको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो । 

    सङ्ग्रहालय भवन दुई तलाको हुनेछ भने त्यसमा रातो मच्छिन्द्रनाथको जात्रासँग सम्बन्धित सामग्री राखिनेछन् । रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित विभिन्न ऐतिहासिक सामग्री सङ्कलन गर्न सम्बन्धित निकायमा पत्रचार गरिएको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो । 

    रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रा र बर्सेनि सञ्चालन हुने जात्रामा प्रयोग गरिने रथको पाङ्ग्रा ललितपुरको जावलाखेलमा राखिने गरिएको छ । रथको पाङ्ग्रा राख्ने भवन जीर्ण अवस्थामा छ । धेरै वर्ष पहिलेदेखि प्रयोग गरिएको रथका पाङ्ग्राहरु घामपानीबाट जोगाउनका टहरमा राखिएको छ । 
     
    हाल सङ्ग्रहालय निर्माण कार्य सुरु भएको ठाउँमा ऐतिहासिक पाटी रहेको ललितपुर महानगरपालिका–४ का वडासचिव ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रातो मच्छिन्द्रनाथको जात्रको समयमा बत्ती बाल्न आउँदा भक्तजन पाटीमा बस्ने गरेको इतिहास छ । ऐतिहासिक पाटी भत्किएपछि त्यसलाई ट्राफिक प्रहरीले उपयोग गरेको छ । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend